बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते « Khabarhub

बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बागलुङ– बागलुङको बडिगाड गाउँपालिकाको सक्न्यार टुटिफेदमा बिरामी बोकेको जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् ।

खर्वाङ बजारबाट शिसाखानीतर्फ जाँदै गरेको लु १ च ७५१५ नम्बरको पिकअप जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् । घाइतेमध्ये एक बालिकासहित दुईको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बडिगाड गाउँपालिका वडा नं. ३ सरधाराका वर्ष २६ की शान्ती थापा, निजकै छोरी वर्ष ६ की विविशा थापा, सोही स्थानका वर्ष २३ की नुनु रेश्मी र वर्ष ३३ की चुराकुमारी थापा र वडिगाड गाउँपालिका वडा नं. ३ शिसाखानी बस्ने वर्ष २४ का चालक रमेश श्रीस घाइते भएका छन् ।

घाइतेमध्ये टाउको, छाति र ढाडमा चोट लागेका बालिका विविशा थापा र नुनु रेश्मीको अवस्था गम्भीर छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ४ : २० बजे

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा

सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल

भैरहवा– बिहानको शान्त वातावरणमा लुम्बिनी आसपासका सिमसार क्षेत्रमा कहिलेकाँही सुनिने

शिक्षामा सीप : कला सिर्जनामा तिखारिँदै विद्यार्थीका क्षमता

काठमाडौं– काठमाडौँ महानगरपालिका-­७ चाबहिलस्थित मित्र आधारभूत विद्यालयका ३० विद्यार्थीले भित्तामा

काठमाडौंको वायु गुणस्तरमा सुधार, हल्चोकबाट यस्तो देखियो उपत्यका (तस्बिरहरू)

काठमाडौं– उपत्यकाको वायु गुणस्तरमा सुधार भएको छ । केहीदिन अघिमात्र

ऊर्जा बजारको अस्थिरता कम गर्न आपतकालीन तेल आपूर्ति सुरु हुने

एजेन्सी– अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सीले एसिया र ओसियानिया क्षेत्रका सदस्य राष्ट्रहरूले