‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’ « Khabarhub

‘पाकिस्तानी गोलाबारीका कारण चार जनाको मृत्यु’


२ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पूर्वी अफगानिस्तानमा आइतबार – सोमबारको बीचमा भएको पाकिस्तानी गोलाबारीमा तीन जना बालबालिका र एक जना महिलाको मृत्यु भएको अफगान अधिकारीहरूले बताएका छन् ।

अधिकारीहरूका अनुसार दुई पक्ष बीच सीमापार झडपका कारण गत हप्तामा अफगानिस्तानमा १८ जना सर्वसाधारण मारिएका थिए । आइतबार राती पाकिस्तानी सेनाले गुरबुज जिल्लाको नारी गाउँमा गरेको गोलाबारीमा एक महिला र एक बच्चाको मृत्यु भएको पूर्वी खोस्ट प्रान्तका गभर्नरका प्रवक्ता मुस्तघफिर गुरबुजलाई उदृत गर्दै एएफपीले जनाएको छ । 

स्वास्थ्य क्लिनिक र अर्को गाउँमा भएको गोलाबारीमा एक जना महिलासहित चार जना घाइते भएको जनाइएको छ भने घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अफगानको खोस्त क्षेत्रमा आइतबार भएको पाकिस्तानी गोलाबारीमा दुई जना  बालबालिकाको मृत्यु भएको गभर्नरको कार्यालयले विज्ञप्ति मार्फत जनाएको हो ।

आइतबार पूर्वी नुरिस्तान प्रान्तमा गोलाबारी हुँदा एक व्यक्तिको मृत्यु भएको सरकारका उप प्रवक्ता हमदुल्ला फित्रतले सामाजिक सञ्जाल एक्स मार्फत जनाएका छन् ।

यस अघि शुक्रबार अफगानिस्तानमा संयुक्त राष्ट्रसङ्घीय मिसनले फेब्रुअरी– २६ मा पाकिस्तानसँगको झडपमा ७५ जना सर्वसाधारणको मृत्यु भएको पुष्टि गरेको छ ।

इस्लामाबादले अफगानिस्तानलाई पाकिस्तानी तालिवान (टिटिपी) का लडाकुहरूलाई शरण दिएको आरोप लगाएको छ भने अफगान तालिवान अधिकारीहरूले उक्त आरोप अस्वीकार गरेका छन् ।

गत अक्टोबरमा दुई देशबिचको लडाइँमा दर्जनौँ मानिस मारिए पछि बन्द भएको सीमा  मध्यस्थता पछि सहज भएको थियो । तर फेब्रुअरी– २६ मा अफगानिस्तानले पाकिस्तानी हवाई आक्रमणको बदलामा सीमा आक्रमण सुरु गरेपछि द्वन्द्व फेरि भड्किएको थियो ।

त्यसपछि पाकिस्तानले फेब्रुअरी – २७ मा राजधानी काबुलमा बमबारी गर्दै तालिबान अधिकारीहरू विरुद्ध “खुला युद्ध“ घोषणा गरेको थियो

पछिल्लो समयमा बारम्बारको सीमा द्वन्द्वले व्यापार स्थिर भएको र करिव ११ लाख भन्दा बढी मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको  संयुक्त राष्ट्र शरणार्थी एजेन्सीले जनाएको छ ।

विश्व खाद्य कार्यक्रमले आइतबार २० हजार भन्दा बढी विस्थापित अफगान परिवारलाई  खाना वितरण गर्न थालेको  भने थप अस्थिरताले लाखौंलाई भोकमरीमा धकेल्ने चेतावनी दिएको छ । 

प्रकाशित मिति : २ चैत्र २०८२, सोमबार  ३ : ३७ बजे

बागमती प्रदेशमा दुर्घटना घट्यो

चितवन– बागमती प्रदेशका १० जिल्लामा विजयादशमीका समयमा सवारी दुर्घटना घटेको

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ