१५ हजार घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक पक्राउ « Khabarhub

१५ हजार घुस लिँदै गर्दा प्रहरी नायब निरीक्षक पक्राउ


५ पुस २०७६, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा प्रहरी नायब निरीक्षक(सई) १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका छन् । धनुषाको धारापानीमा कार्यरत प्रहरी नायब निरीक्षक(सई) १५ हजार रुपैयाँ घुससहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले धारापानीस्थित प्रहरी चौकी यज्ञभूमिमा कार्यरत सई कालीचरण पंजियारलाई १५ हजार रुपैयाँ घुससहित पक्राउ गरेको जनाएको छ ।

दुर्घटनाको मुद्दा मिलाइदिने भन्दै एक स्थानीयसँग घुस लिँदै गर्दा टोलीले उनलाई शुक्रबार साँझ धनुषाको मिथिला नगरपालिका वडा नम्बर ६ ढल्केवर चोकबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि अख्तियार दुरूपायोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय काठमाडौं टंगाल पठाइएको छ ।

प्रकाशित मिति : ५ पुस २०७६, शनिबार  ३ : २० बजे

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।

कृष्णभीरमा खुल्यो ट्रयाक, भोलिदेखि नागढुंगा-मुग्लिन सडक खण्डमा पूर्ण रूपमा गाडी चल्ने

काठमाडौँ – बाढीका कारण अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा–मुग्लिन सडक खण्डको

माइतीघरमा राति बस्न रोक, प्रहरीले हटायो महिनौँदेखि राखिएका टेन्ट (फोटो फिचर)

काठमाडौँ – काठमाडौँको माइतीघर मण्डलामा महिनौँदेखि टाँगिएका टेन्टहरू प्रहरीले हटाएको