प्रदेश २ सरकारसँग फेरि खटपट, केन्द्रीय सरकारसँग आधा दर्जनबढी असमझदारी | Khabarhub Khabarhub

प्रदेश २ सरकारसँग फेरि खटपट, केन्द्रीय सरकारसँग आधा दर्जनबढी असमझदारी


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ)को वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालित केन्द्रीय परियोजना ‘सगरमाथा वन विकास परियोजना’ खोसेर आफू मातहत लगेको छ। गत फागुन २४ मा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले वन तथा वातावरण मन्त्री रामनरेश रायको ठाडो प्रस्तावमा उक्त परियोजना प्रदेश अन्तर्गत राखेर संरक्षण र व्यवस्थापन गर्ने निर्णय गरेको कान्तिपुरमा खबर छ ।

योसँगै प्रदेश २ सरकार र संघबीच विभिन्न आधा दर्जन बढी विषयमा असमझदारी छ । संघीय प्रहरी ऐन नबन्दै प्रहरी ऐन जारी गरेको, संघबाट प्रदेश लोकसेवा ऐन नबन्दै कर्मचारी भर्नासम्बन्धी ऐन जारी गरेको, केन्द्रको जस्तै प्रदेशको पनि छुट्टै सीडीओ हुने विधेयक मस्यौदा निर्माण गरेको, संविधानमा त्रुटि छ भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति, मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण रोकलगायतका विषयमा असमझदारीका विषय हुन् ।

त्यस्तै पत्रिकाले नख्खु र बसुन्धरा विस्फोटमा संलग्न ४ जनालाई पक्राउ गरेको उपकुलपतिकै संरक्षणमा कलेजहरुमा ठगी हुने गरेको, नेपाली फुटबलमा साबित्री भण्डारीले सान देखाएकोलगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ५१ बजे

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू

 दिनभर आज नवराज विकसहित ६ जनाको हत्यामा संलग्न २४ जनालाई

बीमाप्रतिको विश्वसनीयता बढाउनुपर्छ : मुख्यमन्त्री चौधरी

दाङ – प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले बीमा सेवाको विश्वसनीयता बढाउनुपर्ने

रुसी राष्ट्रपति पुटिनले साउदी र युएईको भ्रमण गर्दै

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार साउदी अरब र

एनसेल बिक्री प्रकरणको तत्काल छानबिन गर्न राप्रपाको माग

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले दूरसञ्चार सेवा प्रदायक कम्पनी

वीरगन्जसँग बराबरीमा रोकियो ललितपुर

काठमाडौं – ललितपुर सिटी फुटबल क्लबलाई बराबरीमा रोक्दै वीरगन्ज युनाइटेड