प्रदेश २ सरकारसँग फेरि खटपट, केन्द्रीय सरकारसँग आधा दर्जनबढी असमझदारी « Khabarhub

प्रदेश २ सरकारसँग फेरि खटपट, केन्द्रीय सरकारसँग आधा दर्जनबढी असमझदारी


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रदेश २ ले संविधानविपरीत केन्द्र (संघ)को वन तथा वातावरण मन्त्रालयमातहत सञ्चालित केन्द्रीय परियोजना ‘सगरमाथा वन विकास परियोजना’ खोसेर आफू मातहत लगेको छ। गत फागुन २४ मा बसेको प्रदेशको मन्त्रिपरिषद बैठकले वन तथा वातावरण मन्त्री रामनरेश रायको ठाडो प्रस्तावमा उक्त परियोजना प्रदेश अन्तर्गत राखेर संरक्षण र व्यवस्थापन गर्ने निर्णय गरेको कान्तिपुरमा खबर छ ।

योसँगै प्रदेश २ सरकार र संघबीच विभिन्न आधा दर्जन बढी विषयमा असमझदारी छ । संघीय प्रहरी ऐन नबन्दै प्रहरी ऐन जारी गरेको, संघबाट प्रदेश लोकसेवा ऐन नबन्दै कर्मचारी भर्नासम्बन्धी ऐन जारी गरेको, केन्द्रको जस्तै प्रदेशको पनि छुट्टै सीडीओ हुने विधेयक मस्यौदा निर्माण गरेको, संविधानमा त्रुटि छ भन्ने मुख्यमन्त्रीको अभिव्यक्ति, मुख्यमन्त्री लालबाबु राउतको अमेरिका भ्रमण रोकलगायतका विषयमा असमझदारीका विषय हुन् ।

त्यस्तै पत्रिकाले नख्खु र बसुन्धरा विस्फोटमा संलग्न ४ जनालाई पक्राउ गरेको उपकुलपतिकै संरक्षणमा कलेजहरुमा ठगी हुने गरेको, नेपाली फुटबलमा साबित्री भण्डारीले सान देखाएकोलगायतका खबर प्राथमिकताका साथ छापिएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ५१ बजे

पोखरा–दुबई उडानबाट पर्यटन व्यवसायी उत्साहित

गण्डकी– अघिपछि सुनसान देखिने पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको प्रस्थान र आगमन

सदनमा सांसदको उपस्थिति व्यवस्थापन गर्न रास्वपाको समूहगत तालिका

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले प्रतिनिधि सभा

चार दिने मौसम चेतावनी सार्वजनिक: असोज ९ र १० गते मुलुकभर उच्च जाेखिम

काठमाडाैँ – आगामी चार दिन मुलुकभर मनसुनी वर्षाको प्रभाव बढ्ने

उच्च सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौँ– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सम्भावित भारीदेखि अति भारी

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन