२ दिन सार्वजनिक बिदा, तराईमा आज होली जनकपुरमा भोलि | Khabarhub Khabarhub

२ दिन सार्वजनिक बिदा, तराईमा आज होली जनकपुरमा भोलि


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– काठमाडौं उपत्यका लगायत पहाडी जिल्लामा बुधबार मनाइएको होली पर्व तराईका जिल्लामा आज धुमधामसाथ मनाइँदै छ भने जनकपुरमा भोलि मात्र मनाइनेछ ।

प्राचीन मिथिलाको राजधानी जनकपुरमा १५ दिने मिथिला माध्यमिकी परिक्रमाका श्रद्धालुहरू जनकपुरको अन्तरगृह प्रवेश गरेको भोलिपल्ट जनकपुरधामममा होली मनाउने चलन छ ।

माध्यमिकी परिक्रमा बुधबार जनकपुरस्थित बाह्रबिघामा समापन भएको हो भने विहीबार विहानै जनकपुरको अन्तरगृह परिक्रमा सकिएपछि शुक्रबार जनकपुरधाममा होली मनाइने जानकी मन्दिरका सहमहन्थ रामरोशन दास वैष्णबले बताए ।

नेपाल र भारतको १ सय ३३ किलोमिटर पैदल यात्रा गरेर माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालु जनकपुर पुगको छन् ।

यसैबीच प्रदेश नम्बर २ मा प्रदेश सरकारले आज र भोलि सार्वजनिक बिदा दिने घोषणा गरेको छ । प्रेस विज्ञप्ति जारी गर्दै मुख्यमन्त्री लालबाबु राउतले होली पर्वलाई शान्तिपूर्ण तरिकाले हर्षोल्लासपूर्वक मनाउन प्रदेशवासीमा आह्वान गरेका छन् ।

होली पर्वले समाजमा विद्यमान आपसी भाइचारा र सद्भावलाई थप बलियो बनाउने विश्वास लिएको मुख्यमन्त्री राउतद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ६ : ५६ बजे

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका

पाल्पा रामपुरका ३८९ योजना सम्पन्न

पाल्पा– पाल्पाको रामपुर नगरपालिकाले यस आर्थिक वर्षमा ३८९ वटा योजना

कालीगण्डकीको पानी बेनीको सुन्दरचौरमा

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका– १ लामगरास्थित कालीगण्डकी नदी किनारबाट ‘लिफ्ट’

प्रधानमन्त्री ओलीबाट खेलाडीलाई बधाई

काठमाडौं– प्रधानमन्त्री केपी शर्माले साफ यु–२० महिला कपमा भुटानमाथि नेपालले