मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्बियासँग बराबरी खेलेको छ । बुधबार राति टर्किमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाले १—१ गोल गरे ।

सर्बियाका लुका जोभिकले खेलको १२ औं मिनेटमा चलाखिपूर्ण तरिकाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाभन्दा पछि रहेको जर्मनीले खेलमा फर्कन ६९औं मिनेटसम्म कुर्नु परेको थियो ।

खेलको ६९ औं मिनेटमा लियोन गोर्टेकाजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा सर्बियाका मिलान पाभकोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । जसको कारण सानेको हड्डी भाँचिएको बताइएको छ ।

आइतबार जर्मनीले नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसंग खेल्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ५८ बजे

पृथ्वी राजमार्ग अवरुद्ध भएपछि नयाँ बसपार्कभित्रै रोकिए सवारीसाधन (तस्बिरहरू)

काठमाडौँ– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि गोङ्गबुस्थित नयाँ बसपार्कबाट बाहिरिने लामो

काभ्रेमा दुई हजार ६०० मतदाता घटे

काभ्रे– जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली अद्यावधिक गरेको छ

भारतीय युट्युबर ध्रुव राठी पक्राउ

काठमाडौँ– भारतका चर्चित राजनीतिक युट्युबर ध्रुव राठी पक्राउ परेका छन्

सोह्र श्राद्धको अन्तिम दिन पशुपतिनाथ परिसरमा पिण्डदान गर्नेको भीड (तस्बिरहरू)

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाकी गभर्नर–जनरल मोस्टिनबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल साम मोस्टिनबीच भेटवार्ता