मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी « Khabarhub

मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाको बराबरी


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा जर्मनीले सर्बियासँग बराबरी खेलेको छ । बुधबार राति टर्किमा भएको मैत्रीपूर्ण खेलमा जर्मनी र सर्बियाले १—१ गोल गरे ।

सर्बियाका लुका जोभिकले खेलको १२ औं मिनेटमा चलाखिपूर्ण तरिकाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा सर्बियाभन्दा पछि रहेको जर्मनीले खेलमा फर्कन ६९औं मिनेटसम्म कुर्नु परेको थियो ।

खेलको ६९ औं मिनेटमा लियोन गोर्टेकाजले गोल गर्दै टोलीलाई हारबाट जोगाएका थिए ।

यस्तै खेलको इन्जुरी समयमा सर्बियाका मिलान पाभकोभले रातो कार्ड पाएपछि १० खेलाडीमा सिमित भएको थियो ।

पाभकोभले लोरी सानेलाई खराब ट्याकल गरेका थिए । पाभकोभले सानेको देब्रे खुट्टाको नली खुट्टामा टेकेका थिए । जसको कारण सानेको हड्डी भाँचिएको बताइएको छ ।

आइतबार जर्मनीले नेदरल्याण्ड र सर्बियाले पोर्चुगलसंग खेल्ने छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  १० : ५८ बजे

नेपाललाई चीनले दियो सुरुङ उद्धार उपकरण, विपद् व्यवस्थापनमा सहकार्य बढाउने बचन

काठमाडौं- उत्तरी छिमेकी चीनले नेपाललाई शुक्रबार थप सुरुङ उद्धार उपकरण

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार

हेटौँडा– बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार गरिएको छ । नेपाली कम्युनिष्ट

मूर्ति विसर्जन गर्न कोसी कटानमा भिड (तस्बिरहरू)

काठमाडौं– हिजो विश्वकर्मा पूजा गरेको माटाको मूर्ति विसर्जन गर्न आज

रसुवा बाढीपीडित व्यवसायीलाई राहत पुनस्र्थापना कार्यक्रम शीघ्र कार्यान्वयन गर्न समितिको निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले रसुवा बाढीबाट प्रभावित व्यावसायिक प्रतिष्ठानहरूका

आइभीएफ र सरोगेसीलाई स्पष्ट कानुनी दायरामा ल्याउन विधेयक ल्याइने

काठमाडौं–  स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले सहायक प्रजनन प्रविधि