पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउँदै कांग्रेस « Khabarhub

पूर्वप्रधानमन्त्री कोइरालाको स्मृति दिवस मनाउँदै कांग्रेस


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– पूर्वप्रधानमन्त्री तथा काँग्रेसका सभापति स्वर्गीय गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस आज (बिहीवार) नेपाली कांग्रेसले विभिन्न कार्यक्रम गरी मनाउँदैछ ।

कोइरालाले सशस्त्र संघर्षमा रहेको तत्कालीन नेकपा माओवादीसँग १२ बुँदे हुँदै शान्ती सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए ।

२०६२–६३ को दोस्रो जनआन्दोलनका नेतृत्वकर्ता समेत रहेका कोइराला ५ पटकसम्म प्रधानमन्त्री पनि भएका थिए ।

बीपी कोइरालाका कान्छा भाइ गिरिजाको भारतको बिहार राज्यको सहरसा जिल्लाको टेडी भन्ने गाउँमा विस १९८१ असार १८ मा जन्म भएको थियो । बुवा कृष्णप्रसाद कोइराला र आमा दिव्या कोइराला निर्वासित रहेका बेला गिरिजाको जन्म भएको थियो ।

सन् १९२९ मा परिवारसँगै भारतबाट नेपाल फर्केका कोइरालाको एक मात्र सन्तानका रुपमा काँग्रेस नेतृ सुजाता कोइराला छन् ।

२००४ सालमा कोइरालाकै नेतृत्वमा नेपाल मजदुर कांग्रेसको स्थापना गरी विराटनगर जुट मिलमा मजदुर आन्दोलनको शुरु गरेका उनी २००८ देखि २०१७ सालसम्म कांग्रेस मोरङ सभापति बनेका थिए ।

करिब ६ वर्ष जेल जीवन विताएका कोइरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो । २०३१ सालदेखि २०४७ सालसम्म कांग्रेसको महामन्त्री रहेका कोइराला २०५३ सालदेखि लगातार पार्टी सभापति रहे ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : २० बजे

दसैँको रौनकमा झुमाउँदै ‘परिवार’को ‘रातो टीका’

काठमाडौं– दसैँ नजिकिँदै गर्दा नेपाली फिल्म ‘परिवार’ले पनि दर्शकलाई चाडपर्वको

कालीगण्डकीको बाढीले तहसनहस फोर्से बजार (तस्बिरहरू)

काठमाडौं– गत असोज ११ मा कालीगण्डकी नदीमा आएको बाढीका कारण

कांग्रेस महाधिवेशन : निजी क्षेत्रलाई अर्थतन्त्रको मेरुदण्ड मान्दै लगानी सुरक्षा र स्थिर कर नीतिमा जोड

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत

सुनचाँदीको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको

सशस्त्र प्रहरीद्वारा भन्सार छलीका सामान बरामद

पर्सा– सशस्त्र प्रहरी बलले १३ लाख बराबरको एक ट्याक्टरसहित भन्सार