इन्डोनेसियामा बाढीबाट १०७ को मृत्यु, ९३ जना अझै बेपत्ता « Khabarhub

इन्डोनेसियामा बाढीबाट १०७ को मृत्यु, ९३ जना अझै बेपत्ता


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता– इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

उनीहरूका अनुसार अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । उनीहरूको अझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् ।

बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : ५२ बजे

इरान धराशायी बन्दै गएको ट्रम्पको दाबी, आर्थिक दबाब थप कडा बनाउने चेतावनी

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान आर्थिक, सामाजिक तथा

४७ जना उपसचिवको सरुवा (सूचीसहित)

काठमाडौं – भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन

राप्रपा र नेकपा भित्रको विवादले बागमती प्रदेशसभा बैठक प्रभावित, मुख्यमन्त्रीले विश्वासको मत भोलि लिने

हेटौँडा – बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले विश्वासको मत

युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै

काठमाडौं – सन् २०२६ को गर्मीयाम युरोपमा असामान्य तापक्रम र

स्याङ्जाको गल्याङमा जिप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

स्याङ्जा – गल्याङ नगरपालिका–३ गल्याङ बजारबाट साङलियातर्फ गइरहेको जिप आज