इन्डोनेसियामा बाढीबाट १०७ को मृत्यु, ९३ जना अझै बेपत्ता « Khabarhub

इन्डोनेसियामा बाढीबाट १०७ को मृत्यु, ९३ जना अझै बेपत्ता


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता– इन्डोनेसियाको पपुवा प्रान्तमा आएको बाढी पहिरोमा परी मृत्यु हुनेको संख्या १०७ पुगेको छ ।

अधिकारीहरूले बुधबार दिएको जानकारी अनुसार बेपत्ता हुनेहरूको संख्या धेरै नै रहेकाले मृत्यु हुनेहरूको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको बताएका छन् ।

उनीहरूका अनुसार अहिले सम्म बेपत्ता हुनेहरूको संख्या ९३ रहेको छ । उनीहरूको अझै खोजी तथा उद्धारको प्रयास भइरहेको अधिकारीहरूले बताएका छन् ।

इन्डोनेसियाको पपुआ प्रान्तमा पर्ने जयापुरा जिल्लामा गत शनिबार साँझदेखि आएको बाढी र पहिरोमा परी उनीहरू बेपत्ता भएका हुन् ।

बाढीबाट प्रभावित भएकामध्ये झण्डै सात हजार जनालाई विभिन्न शरणार्थी शिविरहरूमा स्थानान्तरण गरिएको अधिकारीहरूले जनाएका छन् ।

बाढीले ३ सय ५० भवन, तीन पुल, आठ विद्यालय भवन र आठ ओटा धार्मिक स्थल ध्वस्त हुनुको साथै सडक लगायतका भौतिक संरचनामा पनि क्षति पु¥याएको बताइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ११ : ५२ बजे

कांग्रेसको निर्णायक वार्ता महाराजगञ्जमा : सभापति देउवा र महामन्त्रीद्वयबीच छलफल

काठमाडौं – कांग्रेसको विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा निवास

मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बादल

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अमर रहनेछन् प्रशान्त

काठमाडौं – ४३ वर्षको उमेर गायक प्रशान्तले केही दिनअघि धर्तीबाट

दुईवटा फर्म विभागको कारबाहीमा

काठमाडौं– नियमित रूपमा बजारको अनुमगन तथा निरीक्षण गर्दै आएको वाणिज्य,

काठमाडौंका विभिन्न स्थानमा आज बिजुली कटौती हुने

काठमाडौं– नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौंका विभिन्न स्थानमा विद्युत् कटौती