न्यूजिल्याण्डमा अर्धस्वचालित बन्दुकमा प्रतिबन्ध लगाइने « Khabarhub

न्यूजिल्याण्डमा अर्धस्वचालित बन्दुकमा प्रतिबन्ध लगाइने


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वेलिङ्टन– न्यूजिल्याण्डको क्रिष्टचर्च शहरमा ५० जनाको ज्यान जानेगरी दुई मस्जिदमा भएको गोलीकाण्डमा प्रयोग भएका अर्धस्वचालित बन्दुकमा न्यूजिल्याण्डभर प्रतिबन्ध लगाइने भएको छ ।

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा अर्डेनले पत्रकार सम्मेलन गर्दै न्यूजिल्याण्डको बन्दुक राख्न पाउने कानूनमा संशोधन गर्दै त्यसलाई अझ कठोर पारिने बताएकी हुन् ।

उनले सैनिकस्तरका अर्धस्वचालित तथा असल्ट बन्दुकबाट न्यूजिल्याण्डका जनताको सुरक्षामा गम्भीर खतरा उत्पन्न भएको भन्दै अर्धस्वचालित तथा असल्ट बन्दुकमाथि प्रतिबन्ध गर्ने गरी कानून संशोधन हुन लागेको जनाएकी हुन् ।

नयाँ कानून आगामी अप्रिल ११ बाट लागू गरिने तथा नयाँ कानूनमार्फत् प्रतिबन्ध लगाइएका, तर यसअघि बेचिएका बन्दुक फिर्ता गर्नसक्ने व्यवस्था समेत लागू गरिने प्रधानमन्त्री अर्डेनको भनाइ छ । त्यसका लागि २० करोड न्यूजिल्याण्ड डलर खर्च हुने प्रधानमन्त्रीको भनाइ छ ।

यद्यपि, नयाँ कानून अनुसार किसानहरुलाई जङ्गली जनावरबाट आफ्ना गाइवस्तु र भेडाबाख्राको रक्षा गर्नका लागि बन्दुक राख्न कुनै असुविधा नहुने बताइएको छ । नयाँ कानूनलाई न्यूजिल्याण्डको किसान युनियनले पनि समर्थन गर्ने जनाएको छ । त्यसबाहेक त्यहाँको विपक्षी पार्टीहरुले पनि बन्दुकसम्बन्धी कठोर कानूनलाई समर्थन गर्ने जनाएका छन् ।

न्यूजिल्याण्डमा हाल अभ्यासमा रहेको बन्दुक कानून अनुसार मानिसहरुले निश्चित प्रक्रिया पूरा गरेपछि ७ राउण्ड गोली हान्न सक्ने अर्धस्वचालित बन्दुक खरिद गर्ने अनुमति पाउँछन् । तर, गत साताको शुक्रबार मस्जिदमा गराइएको आक्रमणमा बन्दुकधारीले बन्दुक र त्यसमा लाग्ने म्याग्जिनलाई परिष्कृत गरी बन्दुकलाई अझ घातक बनाएका थिए ।

५० लाख जनसङ्ख्या रहेको न्यूजिल्याण्डमा मानिसहरुसँग हाल १५ लाख बन्दुक रहेको बताइन्छ । त्यसमध्ये १३ हजार ५ सय बन्दुक अर्धस्वचालित सैनिक स्तरका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : २१ बजे

नेपाल राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै

काठमाडौं– नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण व्यवस्थापनका लागि २५ अर्ब

कर्णालीमा बेपत्ता गाडीको खोजी जारी, गोताखोर परिचालन

काठमाडौं– दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ साङ्गेतडास्थित कर्णाली नदीमा खसेर बेपत्ता भएको

ढाक्रेखोला सडकखण्ड १५ दिन बन्द

दमौली– ऋषिङ गाउँपालिकाको श्रृङ्गपथ सडकअन्तर्गत वडा नम्बर ६ स्थित ढाक्रेखोलामा

यामाहाले मनायो ७१ औँ वार्षिकोत्सव

काठमाडौं– यामाहा मोटर कम्पनीले हरेक वर्ष जुलाई १ लाई ‘यामाहा

नाटोप्रति ट्रम्पको असन्तुष्टि

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नाटोसँग अमेरिकाको वर्तमान सम्बन्धलाई ‘एकतर्फी’