नागरिकताको विवाद मिलाउन पनि शीर्ष नेतासँग गुहार, छलफलका लागि उपसमिति गठन « Khabarhub

नागरिकताको विवाद मिलाउन पनि शीर्ष नेतासँग गुहार, छलफलका लागि उपसमिति गठन


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदमा सरकारले दर्ता गरेको नागरिकता विधेयकमा राज्य  व्यवस्था समितिमा सहमति नभएका कारण शीर्ष नेताहरुसँग समेत छलफल गरी टुङ्गो लगाउन भन्दै उपसमिति गठन गरिएको छ ।

अंगिकृत नागकिरता र यसअघि जन्मसिद्ध नागरिकता लिएकाहरुको विषयमा समितिमा सहमति नजुटेपछि उपसमिति गठन गरिएको हो ।

सरकारले संसदमा पेश गरेको नेपाल नागरिकता ऐनलाई संसोधन गर्न बनेको विधेयकमाथि संसदको राज्य व्यवस्था तथा सुशासन समितिमा लामाे समयसम्म बसेकाे बैठकले सहमति जुटाउन नसक्दा शीर्ष नेताहरुसँग समेत छलफल गर्न भन्दै ९ सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा सांसदहरु विजय सुब्बा, यशोदा सुवेदी गुरुङ, नवराज सिलवाल, देवेन्द्रराज कँडेल, रामसहाय यादव, लक्ष्मी चाैधरी, मीना पाण्डे, राजकिशोर यादव र प्रेम सुवाल छन् ।

नेपालीसँग विवाह गर्ने विदेशीलाई कस्तो नागकिरता दिने भन्ने विषयमा सहमति हुन नसक्दा उपसमिति गठन भएको हो ।

सबै दलका सांसद सदस्य रहने गरी गठन गरिएको उपसमितिलाई सबै दलका शिर्ष नेताहरुसँग समेत छलफल गरी १४ दिनभित्र विवादित विषयमा सहमति गरी प्रतिवेदन तयार गर्न समितिले निर्देशन दिएको छ ।

नेपालीसँग विवाह गर्ने विदेशीलाई कति समयमा कस्तो किसिमको नागकिरता दिने भन्ने विषयमा विवाद बल्झिएपछि अन्ततः उपसमिति गठन गर्ने निष्कर्षमा समिति पुगेको हो ।

त्यसबाहेक नेपाली नागरिकसँग विवाह गर्ने विदेशी महिलालाई नागकिरता दिने विषयमा समेत दलहरुका बिचमा आ–आफ्नै अडान छ । जसका कारण समिति निष्कर्षमा पुग्न नसकेको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  २ : ५८ बजे

झापामा १९ लाख बराबरको धनमाल चोरी

झापा– मेचीनगर नगरपालिका-६ प्लटिङ बस्ने रूद्र बुढाथोकीको घरबाट नगद तथा सुनका विभिन्न

खाल्डोमा जमेको पानीमा डुबेर दुई बालकको मृत्यु

सुनसरी– रामधुनी नगरपालिका-६ ढेडीगाउँ बस्ने आकाश चौधरीको छोरा ६ वर्षीय प्रनिक चौधरी

नेपाल ‘ए’ ले स्कटल्याण्डलाई दियो २७८ रनको लक्ष्य

काठमाडौं– आजदेखि सुरु भएको त्रिकोणात्मक एक दिवसीय अभ्यास खेलमा नेपाल

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी– स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख २३