कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ « Khabarhub

कजाकिस्तानमा राजधानीको नाम परिवर्तन गर्ने घोषणा, विरोध गर्ने २० जना पक्राउ


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


कजाकिस्तान– कजाकिस्तानको राजधानीको नाम अस्तानालाई परिवर्तन गरी नूरसुल्तान राख्ने सरकारको घोषणाको विरोधमा अस्तानामा प्रदर्शन गर्ने २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

विगत ३० वर्षयता राष्ट्रपतिको रुपमा रहेका नूरसुल्तान नजरबयेभले गत मंगलबार एकाएक राजीनामा दिएपछि उनको स्थानमा राष्ट्रपति बन्न आएका कशिम जोमार्त तोकायेभले पूर्व राष्ट्रपतिको सम्मानमा राजधानीको नाम नूरसुल्तान राख्ने घोषणा गरेपछि अस्तानाको मेयर कार्यालय अगाडि केही मानिसहरु प्रदर्शन गर्न भेला भएका थिए ।

पूर्व सोभियत गणराज्य रहेको कजाकिस्तानमा सरकारको विरोधमा हुने प्रदर्शन निकै दुर्लभ मानिन्छ ।

राजधानीको नाम फेर्ने राष्ट्रपति तोकायेभको घोषणालाई त्यहाँको संसद्ले तत्काल सदर गरेको थियो ।

यसपटक पनि अस्तानाको नाम परिवर्तन भएमा पछिल्लो ६ दशकमा यो पाचौँ नाम हुनेछ । तत्कालिन सोभियत संघकको एक गणराज्यको रुपमा रहेको कजाख शहर अस्तानाको नाम सन् १९६१ सम्म अक्मोलिन्स्क थियो ।

सन् १९६१ मा शहरको नाम परिवर्तन गरी सोलिनोग्राद राखिएको थियो । सन् १९९१ मा सोभियत संघबाट स्वतन्त्र भएपछि शहरको नाम अक्मोला राखिएको थियो । तर, सन् १९९७ मा दक्षिणपूर्वी शहर अल्माटीबाट राजधानी सारिएपछि अक्मोला शहरको नाम परिवर्तन गरी अस्ताना राखिएको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ३ : ३७ बजे

१५ शय्याको मध्यविन्दु नगर अस्पताल निर्माण

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको मध्यविन्दु नगरपालिकामा १७ करोड ५६

कलामय बन्यो कुश्माको शताब्दी घर

गण्डकी– कोही पिँढी त कोही आँगनमा बसेर कुची र रङ्गसँग

ला लिगा : १० खेलाडीमा सीमित भिल्लारियलमाथि बार्सिलोनाको प्रभावशाली जित

काठमाडौं – ला लिगामा भिल्लारियलमाथि बार्सिलोनाले शानदार जित निकालेको छ।

पश्चिमी वायुको प्रभाव : तराईमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

पाकिस्तान एसिया कपको च्याम्पियन बन्दा भारतको १९१ रनको लज्जास्पद हार

काठमाडौं – यु-१९ एसिया कप क्रिकेटको उपाधि पाकिस्तानले जितेको छ।