भारतीय पत्रिकाले लेख्यो– आईपीएल सन्दीपलाई क्षमता प्रदर्शन गर्ने अवसर « Khabarhub

भारतीय पत्रिकाले लेख्यो– आईपीएल सन्दीपलाई क्षमता प्रदर्शन गर्ने अवसर


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले यो सिजनको इन्डियन प्रिमियर लिग (आईपीएल) आफ्नो लागि क्षमता प्रमाणित गर्ने अर्को ठूलो अवसरका रुपमा लिएका छन् ।

बुधबार दिल्ली क्यापिटल्सको ‘फिरोज शाह रंगशाला’मा भएको अभ्यास खेलपछि उनले यो सिजनको आईपीएल आफ्ना लागि महत्वपूर्ण रहेको बताएका हुन् । उनको भनाइलाई उदृत गर्दै हिन्दुस्तान टाइम्सले लेखेको छ– ‘जब म घर फर्किन्छु, मलाई कहिले काहीँ लाग्छ, प्रतिस्पर्धात्मक अन्तर्राष्ट्रिय क्रिकेट खेल खेल्नुे वा खेल्न पाउनु पनि ठूलो संघर्ष हो, आफ्नो देशमा यस्तो सुविधा नहुँदा मैले ठूलो मौका पाएको जस्तो लाग्छ ।मलाई  थाहा छ, मैले धेरै संघर्ष गर्नुपर्छ । मलाई आईपीएल वा अन्य अन्तर्राष्ट्रिय लिग खेल्दा आफूलाई सधैँ उत्कृष्ट प्रदर्शन गर्नेतर्फ ध्यान दिन्छु ।’

सन्दीपलाई उदृत गर्दै हिन्दुस्तान टाइम्स अगाडि लेख्छ , ‘म सधैँ सेन वार्नरलाई आफ्नो आइडलसमेत मान्ने गरेको छु । आइपीएलले मलाई उहाँजस्तो खेलाडीलाई भेट गर्ने अवसर दियो । मैले उहाँलाई गएको संस्करणमा भेटेँ । उहाँले मेरो बलिङ सुधारको लागि केही टिप्स पनि दिनुभएको थियो’, सन्दीपले अगाडि थपे, ‘जसले गर्दा मेरो खेलमा उल्लेख्य सुधार आएको छ । तथापि, मलाई लाग्दछ, उनले दिएको सबैभन्दा महत्वपूर्ण सुझाव भनेको बलिङ गर्दा ठूलो मन लिएर ‘बोल्ड’ भएर बलिङ गर्नु हो । युवा स्पिनर अस्ट्रेलियाका लेजेन्ड्री सेन वार्नरका प्रसंशक हुन् ।’

सन्दीप दोस्रो सिजनको आईपीएल खेल्न बुधबार दिल्ली पुगेका हुन् । विहीबार भएको अभ्यासलाई उनले आईपीएल ओपनिङ मूम्बई इन्डियन्सविरुद्धको खेलका लागि तयारीका रुपमा लिएको बताएका छन् ।

सन्दीपले सन् २०१८ आफ्ना लागि फलदायी वर्ष रहेको बताएका छन् । विश्वका प्रतिष्ठित ट्वान्टी—२० फ्रेन्चाईज लिग खेलेका उनले अस्ट्रेलियाको बिग बास लिग, पाकिस्तान सुपर लिग, क्यारेबियन प्रिमियर लिग, ग्लोबल टि—२० लिग, टि—१० लिग, बंगलादेश प्रिमियर लिग खेलिसकेका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ५ : ५२ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा