संघीयता र गणतन्त्रको विरोधमा कुनै पनि अभिव्यक्ति दिएको छैनः डा.कोइराला « Khabarhub

संघीयता र गणतन्त्रको विरोधमा कुनै पनि अभिव्यक्ति दिएको छैनः डा.कोइराला


७ चैत्र २०७५, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघीयता र गणतन्त्रको विरोधमा आफूले कुनै पनि अभिव्यक्ति नदिएको दावी गरेका छन् । उनले संघीयता र गणतन्त्र राजनीतिक उपलब्धि भएको उल्लेख गर्दै त्यसको संस्थागत विकास गर्नुपर्ने कुरामा आफ्नो सधै जोड रहेको स्पष्ट पारेका छन् ।

बुधबार काठमाडौंको टोखास्थित आफ्नै निवासमा संचारकर्मीमाझ जनताले चाहे गणतन्त्र र संघीयताका विषयमा जनमत संग्रहमा जान काँग्रेस तयार रहेको अभिव्यक्ति दिएर विवादमा आएसँगै महामन्त्री कोइरालाले हिन्दु राज्य स्थापनाका लागि भने सरकारलाई दवाव दिन जनतालाई पुनः अपिल गरे ।

फरक प्रसंगमा महामन्त्री कोइरालाले नेतविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीसँग तत्काल संवाद गर्न पनि सरकारलाई अपिल गरे । चन्द नेतृत्वको नेकपालाई वार्ताको टेवुलमा ल्याएर समस्या समाधान गर्नुको साटो धरपक्कड गरेर सरकारले गल्ती गरिरहेको महामन्त्री कोइरालाको तर्क थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७५, बिहीबार  ८ : १० बजे

रसुवाबाट पत्रकार आचार्यको हारगुहार : ‘एकपटक जंगल र खोल्साखोल्सीमा ड्रोनबाट हेरिदिनुस्’

काठमाडौँ– रसुवामा आएको विनाशकारी बाढीपछि बेपत्ता तथा सम्पर्कविहीन आफन्तको खोजी

खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल

बझाङ– खप्तडमा स्वास्थ्योपचार पाउनु चुनौतीपूर्ण छ । समुद्री सतहबाट तीन

भोटेकोसी बाढीले सिकाएको पाठ : विकासको बाटो कि बिनासको निम्तो ?

भदौ १० गते बिहान ९ बजेको आसपास हालसम्म संसारभरि नै

ऊर्जा मन्त्रालयले खोज तथा उद्धार पुनर्निर्माण समन्वयका लागि ‘रियल टाइम अपडेट सिस्टम’ बनाउँदै

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले रसुवाको भोटेकोशी बाढी प्रभावित

रसुवाको कालिका–५ का वडाध्यक्षको अपील : जनता दिनदिनै मर्दै छन्, बाँचेकालाई थप मर्न नदिनुस्

रसुवा– रसुवाको कालिका गाउँपालिका–५ का वडाध्यक्षले गम्भीर हृदयाघात भएका बिरामीको