आईपीएल क्रिकेटः पञ्जावविरुद्ध दिल्ली पाँच विकेटले विजयी « Khabarhub

आईपीएल क्रिकेटः पञ्जावविरुद्ध दिल्ली पाँच विकेटले विजयी


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भारतमा जारी आईपीएल क्रिकेट अन्तर्गत शनिबार राति भएको दोस्रो खेलमा जित हात पार्दै दिल्ली क्यापिटल्स अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

शनिबार भएको खेलमा दिल्लीले किङ्स इलाभेन पञ्जावलाई पाँच विकेटले हराउँदै अंक तालिकाको तेस्रो स्थानमा उक्लिन सफल भएको हो । दिल्लीले १० खेलबाट १२ अंक जोडेको छ ।

१ सय ६४ रनकाे विजयी लक्ष्य सहित मैदानमा उत्रिएको दिल्लीले २ बल बाँकी रहँदा ५ विकेटको क्षतिमा भेटायो ।

दिल्लीको जितका लागि शिखर धवनले ५६ रन बनाए भने श्रेयस अएरले ५८ रन बनाए । पृथ्वी साहले १३ रन बनाएका थिए । त्यस्तै रिशभ पन्तले ६ रनको योगदान दिए ।

यसअघि पहिले ब्याटिङ गरेको किङ्स इलाभेन पञ्जावले ७ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो ।

खेलमा नेपाली लेग स्पेनर सन्दीप लामिछानेले शानदार प्रदर्शन गरे । सन्दीपले ४० रन खर्चिएर ३ विकेट लिए । सन्दीपले लोकेश राहु, साम करण, क्रिस गेललाई आउट गर्दै ३ विकेट लिए । यो सँगै पाँच खेल खेलेका सन्दीपल ८ विकेट लिएका छन्।

प्रतियोगितामा ९ खेलबाट १४ अंकसहित चेन्नाइ सुपर किङ्स शीर्ष स्थानमा रहेको छ  भने १० खेलबाट समान १२ अंक जोडेको मुम्बई इन्डियन्स दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : १५ बजे

कांग्रेसमा इतर पक्षसँग किचलो बढ्दै जाँदा क्रियाशील सदस्यता खारेज नगरिएको संस्थापनको जवाफ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पार्टीको

नेपालमा घरजग्गा कारोबार : मूल्यमा बागमती र क्षेत्रफलमा मधेश अगाडि

काठमाडौं– पछिल्ला वर्षहरूमा नेपालमा घरजग्गा कारोबारमा मूल्यमा बागमती प्रदेश र

रातो मच्छिन्द्रनाथको रथ धमाधम बनाइँदै (तस्बिरहरू)

काठमाडौं– नेपालकै सबैभन्दा लामो जात्राका रूपमा परिचित रातो मच्छिन्द्रनाथको रथयात्रा

ओलीको स्वास्थ्यअवस्था स्थिर, शल्यक्रियापछि आईसीयूमा राखेर निगरानी

काठमाडौं- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचाररत पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका

एक वर्षमा ७ हजार ७ सय १६ विपद्का घटना : ४ सय ९६ जनाको मृत्यु, १३ हजार परिवार प्रभावित 

काठमाडौं– एक वर्षमा देशभर भएका विभिन्न बिपद्का घटनमा परी  ४