सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा ५५० मुद्दा, कसरी हुन्छ व्यक्तिका नाममा ? « Khabarhub

सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा ५५० मुद्दा, कसरी हुन्छ व्यक्तिका नाममा ?


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आजका नयाँ पत्रिका दैनिकले सार्वजनिक जग्गा दाबी गर्दै अदालतमा पाँच सय ५० मुद्दा शीर्षकमा समाचार छापेको छ । सर्वोच्च अदालतमा चार सय, उच्च र जिल्ला अदालतमा डेढ सय मुद्दा विचाराधीन रहेको समाचारमा उल्लेख छ ।

पत्रिकाले प्रधानन्यायाधीशकै आदेशमा सार्वजनिक जग्गा व्यक्तिको नाममा शीर्षकमा पनि समाचार छापेको छ । सर्वोच्चमा आएका सार्वजनिक जग्गासम्बन्धी मुद्दामा प्रधानन्यायाधीशकै साचो धेरै हुने गरेको छ ।

प्रधानन्यायाधीशकै आदेशमा धेरै सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता भइसकेका छन्, प्रधानन्यायाधीश हुँदा ओमप्रकाश मिश्र र गोपाल पाराजुलीले यस्ता विवादस्पद फैसला गरेको समाचारमा उल्लेख छ ।

पाटन संयुक्त क्याम्पसको ५१ रोपनी जग्गामा व्यक्तिको दाबी, पनौतीमा प्रहरी एकेडेमीको २७ रोपनी जग्गा पनि आफ्नो नाममा दर्ता गर्न छुटेको भन्दै स्थानीयद्वारा मुद्दा परेको समाचारमा जनाइएको छ ।
कसरी हुन्छ व्यक्तिको नाममा दर्ता ?
सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्ने विभिन्न तरिका छन् । पहिलो, गुठीको जग्गा मोही दाबी गरेर निवेदन दिने अनि अदालतबाट आफ्नो पक्षबाट फैसला गराउने । यसरी धेरै जग्गा व्यक्तिको नाममा भएका छन् ।

दोस्रो नापीको समयमा आफूल उपस्थित हुन नसकेको, स्रेस्ता दर्ता छुटेको भनेर मालपोत कार्यालयमा उजुरी दिने । मालपोत कार्यालयले सामान्य छानविन नै नगरी जग्गा दर्ता गर्न नसकिने भनेर निर्णय गर्छ । अनि त्यसविरुद्ध अदालतमा जाने ।

मालपोत कार्यालयले छानविन गरेर विस्तृत कारण नखुलाई त्यस्ता निर्णय गरेर भूमाफियालाई नै सहयोग गर्ने प्रवृत्ति देखिएको महान्यायाधिवक्ता कार्यालयका एक अधिकारीले बताए ।

त्यस्तै जग्गा आफ्नो भएको पुष्टि गर्न भूमाफियाको समूहले सक्कलीजस्तै लाग्ने नक्कली कागजपत्र पेस गर्छन् । बढीजसो मुखियालाई तिरो तिरको तथा राजीनामा पास गरेको कागजात पेस हुने गरेको पाइएको छ । त्यसैलाई आधार बनाएर अदालतले फैसला गर्ने गरेको पाइन्छ ।

त्यस्तै पत्रिकाले राष्ट्रपतिको चीन भ्रमणको समाचारालाई पनि पहिलो पृष्ठमा छापेको छ । पारवहन प्रोटोकल र निगमको जहाज चीन उडाउने एजेन्डा समाचारमा उल्लेख छ ।

त्यस्तै पत्रिकाले ९ वैखाशमा एकता टुंग्याउने सैद्धान्तिक सहमति शीर्षकमा अर्को समाचार छापेको छ । प्रस्तावलाई अन्तिम रुप दिन आइतबार चार नेताको बैठक बोलाइएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ५१ बजे

बेनी नगरपालिकाका १० गौरवका आयोजना

म्याग्दी– बेनी नगरपालिकाले चालु आर्थिक वर्ष २०८२-८३ मा १० वटा

टिकटकरको फिल्मी यात्रा : कोही तङ्ग्रिदै, कोही फ्लपमा ह्याट्रिक !

काठमाडौँ – मिस नेपालको विजेताहरू भन्छन्, ‘ताज पाएको केही दिनमा

बालेनलाई बाबुरामको शुभकामना- जनताका आकांक्षा पूरा गर्न सफलता मिलोस्

काठमाडौँ – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ऐतिहासिक कार्यभार बहन गर्न लागेका

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

घोराही– घोराही उपमहानगरपालिका–१० सौडिकुलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

नेपाली शान्ति सैनिकको अदलीबदली

काठमाडौं– संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि सेन्ट्रल अफ्रिकन