सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी « Khabarhub

सबै मिलेर तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्न लागौँ : नेता थानी


११ कार्तिक २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- नेपाली कांग्रेसका नेता हृदयराम थानीले सबै राजनीतिक दल मिलेर तोकिएको समयमा निर्वाचन सम्पन्न गर्न लाग्नुपर्ने बताएका छन्। मंगलबार वीरेन्द्रनर सुर्खेतमा पत्रकारहरूसँग कुरा गर्दै नेता थानीले सो कुरा बताएका हुन्।

कांगेस–एमालेसहितको संयुक्त सरकारले देशमा प्रगति गर्न नसकेको स्वीकार गरे। उनले ओली नेतृत्वको सरकारले काम गर्न नसकेका कारण देशमा यो स्थिति आएको स्पष्ट पारे।

‘जेनजीहरूको माग भ्रष्टाचारको अन्त्य र सुशासन कायम भन्ने थियो। सरकारले त्यसलाई बेलैमा बुझ्न नसक्दा यो परिणाम आयो,’ नेता थानीले भने, ‘सामाजिक सञ्जाल मात्र अघिल्लो दिन भदौ (२३) खोलिदिएको भए देशमा यति ठुलो क्षति हुने थिएन।’

आफूले समितिको बैठक र सरकारलाई देशमा यो स्थिति हुँदैछ भनेर पटक पटक सम्झाएको स्मरण गरे। दुर्गा प्रसाईंको चार हजारको जुलुसमा त देशको यो हालत भयो भने ४० हजारको जुलुस आयो भने के होला? भनेर सम्झाउँदा पनि सरकारले वास्ता नगरेको जिकिर गरे।

तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्नुको विकल्प नरहेको भन्दै उनले अहिले पार्टीलेभन्दा पनि देशले निर्वाचन जित्ने गरेर सबै एक भएर लाग्न आह्वान समेत गरे।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलबार  ९ : ११ बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको