‘काल’ बन्दै दाइजो, सुखमय जीवनको कल्पनामा लाग्ने पूर्णविराम « Khabarhub

‘काल’ बन्दै दाइजो, सुखमय जीवनको कल्पनामा लाग्ने पूर्णविराम


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-तराई-मधेशका महिलाहरु सुखसयलका साथ बाँकी जीवन बिताउने सपना सँगालेर आफ्ना पतिको घर अर्थात ‘ससुराल’ जान्छन् । तर, कतिपय महिलाका लागि त्यही ससुराल ‘दहेज’ कै कारण ‘काल’ बन्ने गरेको नागरिक दैनिकमा खबर छ ।

यस्तैखाले दुखद घटनाको पछिल्लो उदाहरण बनेकी छन्, वीरगन्ज महानगरपालिका–२३ प्रसौनी बिर्ताकी २८ वर्षीया अन्जुदेवी तात्वाँ। शुक्रबार दिउँसो सिर्सिया नदीमा अन्जुदेवीको शव जलाउन लागेका बेला प्रहरीले नियन्त्रणमा लियो। सो घटनासँगै तराई–मधेसका महिलाका लागि ‘ससुराल’ कति सुरक्षित या असुरक्षित भन्ने सवाल उठेको छ। प्रहरीका अनुसार अन्जुदेवीको शव जलाउन उनका पति पन्नालाल दास र उनका आफन्तले अन्तिम तयारी गरिसकेका थिए।

‘कुटपिट गरी एकजना महिलाको हत्या गरिएको र शव अन्त्येष्टिका लागि लगिएको खबर आएपछि प्रहरी टोली त्यहाँ तत्कालै पठाइयो,’ पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले भने, ‘मृत्यु शंकास्पद देखिन्छ, किनभने प्रहरी देख्नासाथ मृतकाका पति पन्नालालसहित सबै मलामी भागे।’

दबाबमा दाहाल-ओली शीर्षकको समाचारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरण प्रक्रिया चाँडो टुंग्याउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालमाथि दबाब परेको छ। तत्कालीन एमाले र माओवादी केन्द्रबीच केन्द्रमा एकीकरण भएको एक वर्ष पुग्न लाग्दा पनि तत्लो तहमा अझै एकता भइसकेको छैन। पार्टी कार्यालयसमेत दुईवटा सञ्चालनमा छन्। शीर्षनेताहरू पटकपटक छलफलमा बसे पनि प्रक्रिया टुंगिएको छैन।

पार्टीका केन्द्रीय सदस्यहरूको कार्यविभाजन, जिल्ला कमिटी गठन, भ्रातृ संगठन तथा मजदुर संगठनहरूको एकता प्रक्रिया टुंग्याउन अध्यक्षद्वय ओली र दाहाल, सचिवालय सदस्य रामबहादुर थापा, महासचिव विष्णु पौडेल, वरिष्ठ नेता माधवकुमार नेपाल, सचिवालय सदस्य वामदेव गौतम र ईश्वर पोखरेलबीच छलफल भए पनि वरिष्ठता र संगठनमा लामो समय काम गरेका नेता–कार्यकर्ताको व्यवस्थापनमा कुरा मिल्न सकेको छैन। नेकपा स्थापना दिवस वैशाख ९ (अप्रिल २२) मा सबै प्रक्रिया टुंग्याउने भनिए पनि नेताहरूबीच सहमति भएको छैन।
त्यस्तै पत्रिकाले मध्यपहाडमा नयाँ सहर योजना, लय समाउनै सकस, कमोडिटी सञ्चालन गर्न इच्छुक सबै कम्पनी अयोग्यलगायतका समाचारलाई प्राथमिकताका साथ छापेको छ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ७ : २१ बजे

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक

भोटेकोशी बाढीमा एक हजार ३८४ शव भेटिए, चार हजार बढी अझै बेपत्ता

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी