चन्द्रकलाको सङ्घर्ष : मोबाइललाई गुरू बनाएर नयाँ कीर्तिमान! | Khabarhub Khabarhub

चन्द्रकलाको सङ्घर्ष : मोबाइललाई गुरू बनाएर नयाँ कीर्तिमान!




नेपालगञ्ज– सफलता आफैमा जति सहज शब्द छ, त्यति सहज त्यो प्राप्त गर्न छैन् । निकै लामो संघर्ष र मेहनतले मात्रै मानिसलाई सफलता हात पर्छ ।

त्यो प्राप्तीमा जुनसकै क्षेत्रका व्यक्तिहरुका लागि पनि निकै संघर्षपूर्ण र कठिन हुन्छ । त्यही सफलताका निम्ती मानिसहरुले दृश्य वा अदृश्य व्यक्तिहरुसँग हरेक दिन जसो प्रतिस्पर्धा गरिरहेका हुन्छन् ।

प्रतिस्पर्धा जोकोहीका लागि मीठा र नमिठा क्षण बनेका आउने गर्छन । कतिपयको जीवन समाप्तिका कारक बन्ने ति प्रतिस्पर्धाहरु कतिका लागि प्रेरणा पनि बनेका हुन्छन् । प्रेरणा तिनकै लागि बन्छन् जसले आफ्नो प्रतिस्पर्धालाई मैदानमा उतार्न सक्छ ।

लगातारको मेहनत, दृढ इच्छाशक्ति नै मानिसको सफलताको सुत्र हो । जसले हिम्मत गरेर अघि बढ्छ त्यो मानिस नै आखिरमा सफल हुन्छ । खेलकुद आफैमा प्रतिस्पर्धात्मक शब्द हो । यसमा त अन फिल्ड र आउट फिल्ट दुवैमा मानिसहरुको प्रतिस्पर्धा चलिरहेको हुन्छ । त्यसैले खेलमा साथि र दुश्मन दुवै हुँदैनन् । आफ्नै साथि भएपनि मैदानमा उसलाई पछि पारिएन भने आफु पछि परिन्छ । मैदान बाहिर हुँदा त्यो मित्रसँग बोलिएन भने एक्लो भइन्छ । त्यसैले पनि खेल सौहार्द क्षेत्र हो ।

यसमा आफुलाई सफल बनाउन पनि निकै कठिन छ । त्यसैले त मानिसहरु वर्षौसम्म मेहनत गर्छन् । गोल्ड मेडल वा आफुलाई शीर्ष स्थानमा राख्न । तर, हरेक खेलाडीको लक्ष्य हुन्छ, उपाधि उचाल्ने । कति सफल हुनसक्छन् कति सक्दैनन् ।

नेपाली खेल क्षेत्र भ्रष्ट छ भन्ने कहिँकतै प्रष्ट पार्नु पर्यो भने देशभित्रका प्रतियोगिताका नतिजा हेर्नुपर्छ रे । राष्ट्रिय प्रतियोगिताहरुमा ७ प्रदेश र ३ विभागीय टोलीहरुले प्रतिस्पर्धा गर्दै आइरहेका छन् । त्यसमा प्रादेशीक टिमहरुभन्दा विभागीय टोलीले राम्रो खेल्छन् । उनीहरुकै धेरै खेलाडीले मेडल जित्छन् ।

नेपालगञ्ज केन्द्रमानि प्रदेश नम्बर ५ मा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताले पनि त्यस्तै देखाएको छ । प्रदेशहरु भन्दा विभागीय टोली तथा खेलाडी मेडल पाउने तालिकाको शीर्ष स्थानमा छन् ।

आठौं राष्ट्रिय खेलकुदको शीर्ष तीन टोलीभित्रको नेपाल पुलिस क्लबका लागि एथ्लेटिक्सकी खेलाडी चन्द्रकला लामगादेले दुई स्पर्धामा कीर्तिमानी बनाएकी छन् । उनले सटपुट र ज्याप्लीङमा गरी दुई स्पर्धामा कीर्तिमानी बनाइन् ।

चन्द्रकलाले दुवै खेलमा यसअघिको आफ्नो रेकर्डमा सुधार गरेकि छन् । उनले सटपुटमा १२.०४ मिटर पर फाल्दै कीर्तिमानीमा सुधार गरेकि हुन् । यसअघि सटपुटमा उनको कीर्तिमानी ११.५६ मिटरको थियो । यता, ज्याप्लीङमा ४४.०५ मिटर पर फाल्दै आफ्नै ४३.९४ मिटरको आफ्नै कीर्तिमानी भङ्ग गरिन् ।

दुई–दुई स्पर्धामा कीर्तिमानी बनाउन सफल चन्द्रकलाले यसअघिका कीर्तिमानी बनाउँदा समस्या भएपनि अहिले आफ्नो खेलमा सुधार हुँदै गएकाले त्यस्तो कठिनाई नरहेको बताइन् ।

यद्यपी, उनले आफ्नो अभ्यास र सिकाउने प्रशिक्षक भने अहिलेसम्म पाउन सकेकी छैनन् । उनको अहिलेको गुरु उनको हातको मोबाइल बन्दै आएको छ । त्यसमा उनी विदेशी खेलाडीका भिडियो हेर्छिन् र त्यसकै आधारमा आफुमा ढाल्दै गरेकी छन् ।

उनले भनिन्, ‘अभ्यास गर्न निकै अफ्ठ्यारो छ । यो प्रतियोगिताका लागि तयारी गर्न पनि राम्रोसँग पाइएन् । तर, पनि कीर्तिमानीमा सुधार ल्याउन सक्दा खुसी लागेको छ,’ शुक्रबार दोस्रो कीर्तीमानी बनाएकी चन्द्रकलाले भनिन् ‘रंगशाला बन्द छ । त्यहाँ गएर अभ्यास गर्न हुनथ्यो । तर, पनि टुडिखेलमा अभ्यास गरे । यो सबै आफ्नै मेहनतले सफल भएको हो ।’

त्यसो त उनलाई यहाँसम्म आइपुग्न निकै समय पनि लागेको छ । उनले सटपुट जानेको ८ वर्ष भयो । यहिबीचमा उनले सटपुटलाई नै आफ्नो भविष्य बनाउने दृढ सोच राखेर आफ्नो लक्ष्य कोरिरहिन् । राष्ट्रिय खेलमा दुई कीर्तिमान बनाएकी चन्द्रकलाले गुवाहाटीमा सम्पन्न १२ दक्षिण एसियाली खेलकुद प्रतियोगिता पनि खेलेकि थिइन् ।

ताप्लेजुङबाट शुरु भएको यात्रा राष्ट्रिय कीर्तिमानसम्म

उनले सटपुट र ज्याप्लीङमा सहभागीता जनाएकी थिइन् । दुवै खेलमा स्वर्ण विजेत बनेसँगै चन्द्रकलाले आफ्नै कीर्तिमानीमा सधार गर्दै आफुलाई सर्वोच्चमा राख्न् सफल भइन् ।

सटपुटमा यसअघि उनले २०७२ सालमा भएको ४० औं एथ्लेटिक्स च्याम्पियनसिपमा आफ्नो कीर्तिमानी बनाउँदा ३१ वर्ष अगाडिको सञ्जु श्रेष्ठको कीर्तिमानी तोडेकि थिइन् । ‘त्यो बेलामा रेकर्ड ब्रेक गर्दा निकै खुसी लागेको थियो । ३१ वर्षलामो एतिहासिक क्षण थियो त्यो मेरालागि,’ चन्द्रकलाले खबरहबसँग भनिन् ।

पछिल्लो सयम सटपुट र ज्याप्लीङको शिखरमा आफुलाई राख्न सफल उनी आफ्नो सफलताको श्रय आफ्नो घर परिवार र नेपाल पुलिस क्लबलाई दिन चाहान्छिन् । ‘बाबु आमा, दाजु–भाई सबैले सधै राम्रो खेल्न प्रेरित गरिरहे भने नेपाल पुलिस क्लबले मलाई सधै खेल्ने वातावरण मिलाएर सहयोग गरेको छ ।

त्यसैले पनि मेरा सफलताका साची यी दुई संस्था हुन्,’ चन्द्रकलाले अगाडि भनिन्,‘कीर्तिमान त बनाए । अब जोगाइराख्न निकै चुनौति छन् ।’

आफुलाई सिकाउने गुरुसमेत नपाएको उनको गुनासो छ । तर, पनि आफ्नो मेहनतमा विश्वास गरेर चन्द्रकला दैनिक जसो अभ्यास गरिरहन्छिन् । ताप्लेजुङमा जन्मिएकी उनी पहिलो पटक २०६७ रालमा ताप्लेजुङमा भएको राष्ट्रपति रनिङ सिल्डमा सहभागी भएकि थिइन् । त्यो नै उनको पहिलो प्रतियोगिता थियो ।

त्यसपछि उनी जिल्ला स्तरका खेल खेल्न थालिन । त्यहाँबाट शुरु भएको उनको यात्रा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहभागितासँगै अगाडि बढिरहेको छ । छैठौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट राष्ट्रिय प्रतियोगिता खेल्न थालेकी उनी वि.सं. २०७३ मा नेपाल पुलिस क्लबसँग आवद्ध भइन् । नेपाल पुलिस क्लबसँग आवद्ध भएपछि आफुलाई खेल्न सहज भएको उनको दावी छ ।

चन्द्रकलाले एथ्लेटिक्सका अन्य खेलमा पनि सहभागी हुने योजना बनाएकी थिइन् । तर, शरीरिले साथ नदिएको उनको गुनासो छ । ‘शरीरिर नै सटपुट र ज्याप्लीङ खेल्ने किसिमको छ । शुरुमा अन्य खेलमा पनि कोसिस गरेकी थिए तर, फिट भएन पछि सबैले यहि खेलमा लाग्न सुझाव दिनु भयो । अब अहिले त अन्य खेलमा लाग्न पनि मन छैन् ।’

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : १२ बजे

कालीगण्डकीमा भिटामिन ‘डी’ को खोपसहित दुईदिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न 

स्याङ्जा– कालीगण्डकी गाउँपालिका स्याङ्जामा गाउँपालिका र गाउँसेवा परिवार कालीगण्डकी गाउँपालिका

लण्डन म्याराथन दौड : नेपालका कुशल दीक्षित छनोट

काठमाडौँ– विश्व चर्चित ‘लण्डन म्याराथन दौड प्रतियोगिता’मा नेपालकातर्फबाट ललितपुर पाटनका

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु

काठमाडौँ– नेकपा एमालेको महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु भएको छ

केबल परिवर्तनका लागि काठमाडौँका केही ठाउँमा विद्युत् अवरुद्ध

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा आज विद्युत सेवा अवरुद्ध भएको छ

बूढानीलकण्ठलाई विश्वसम्पदा सूचीमा पार्न जोड

काठमाडौँ– सांस्कृतिक महत्वको बूढानीलकण्ठ क्षेत्रलाई विश्वसम्पदा  सूचीमा समावेशको प्रयास गर्न