किन बनेन महिला बन्दी गृह, एक दशकदेखि योजना अलपत्र « Khabarhub

किन बनेन महिला बन्दी गृह, एक दशकदेखि योजना अलपत्र


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्वत- साबिकको धौलागिरि अञ्चलका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङलाई समेट्ने गरी निर्माण थालिएको एक मात्र महिला बन्दी गृह झण्डै एक दशकदेखि अलपत्र अवस्थामा छ ।

दश वर्ष अगाडि ७२ लाखको योजनामा बन्दी गृह निर्माणको काम शुरु गरिएको थियो । तत्कालीन अवस्थामा १४ लाख मात्र बजेट आएपछि सोही रकमले मात्र निर्माण थालिएको बन्दी गृह नै अलपत्र परेको हो ।

१४ लाखमा गृह निर्माणस्थल सम्याउने, जग राख्ने र दुईतर्फको भित्ता निर्माण गर्ने काम सकिएको छ । तर आवश्यक परेको बजेट नआउँदा नौ वर्ष अगाडि इँट्टाबाट निर्माण गरिएका भित्तासमेत पल्टने अवस्थामा पुगेका छन् भने बन्दी गृह निर्माण गर्न लागिएको ठाउँमा बुट्यान र घाँसले ढाकेको छ ।

२५ जना क्षमताको उक्त बन्दी गृह निर्माण कार्य पूरा गर्नको लागि पटक पटक सम्बन्धित निकायमा रकम माग गर्दा पनि निकासा नभएपछि तत्कालीन समयमा आएको रु १४ लाखको काम बालुवाको पानी बनेको छ । जिल्ला कारागार कार्यालयका निमित्त प्रमुख प्रकाश पौडेलले निर्माण कार्य पूरा गर्नका लागि हरेक वर्ष बजेटको माग गरिएको भए पनि कही कतैबाट बजेट विनियोजन नहुँदा योजना अलपत्र परेको बताए ।

विसं २०६६ मा निर्माण शुरु गरिएको बन्दीगृहको काम १० प्रतिशत मात्र सकिएको छ । एक वर्षभित्रमा निर्माण गरिसक्ने भनिएको बन्दी गृहको काम निर्माण शुरु गरेको नौ वर्ष हुँदा ९० प्रतिशत काम बाँकी छ ।

महिलाका लागि छुट्टै बन्दी गृह निर्माण गरिएको धौलागिरि क्षेत्रकै यो पहिलो हो । महिला बन्दी गृह निर्माण हुन नसकेपछि कारागारभित्रै विभाजन गरेर दुई भागमा महिला पुरुषलाई राखिएको छ । क्षमताभन्दा तेब्बरको सङ्ख्यामा कैदी बन्दी राख्नुपर्दा निकै समस्या परेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : २४ बजे

अध्ययन गर्नेगरी कार्की आयोगको प्रतिवेदन ग्रहण गर्ने सरकारको निर्णय

काठमाडौं- सरकारले भदौ २३ र २४ गते भएको आन्दोलनको छानबिन

गृहमन्त्री अर्याल राष्ट्रिय सभा सदस्यमा सिफारिस

काठमाडौं– सरकारले गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

ओलीलाई समवेदना दिन गुन्डु पुगे राष्ट्रियसभाका अध्यक्ष दाहाल 

काठमाडौं– राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले  नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष

घुसको ७० लाख रुपैयाँ लुकाउन केसम्म गरेनन् सहसचिव झलकरामले ?

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक

रास्वपा वाचापत्र : बालेन सरकारले कसरी गर्छ पूर्वाधार क्षेत्रको विकास ?

काठमाडौं– फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र