जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध : मन्त्री महासेठ « Khabarhub

जनताको आर्थिकवृद्धिमा सरकार कटिवद्ध : मन्त्री महासेठ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लहान– भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठले तराई मधेशमा जनताको आर्थिकस्तर वृद्धि गर्न सरकार कटिवद्ध रहेको बताएका छन् ।

सिरहाको कर्जन्हास्थित फुलकुमारी महतो स्कुल गेटदेखि उत्तरवाहिनी सडक कालोपत्रे योजना र बन्दिपुर–बस्तीपुर कर्जन्हा बजार अस्पताल मनहर्वा कालोपत्रे सडक योजनाको शनिबार शिलान्यास गर्दै मन्त्री महासेठले तराई मधेशका जनताको आर्थिकस्तर उकास्दै विकासको लहर ल्याउन सरकारले योजनाअघि सारेको चर्चा गरे ।

बजेट प्रर्याप्त छ, भएको बजेटलाई समयमै सकाउन सकिए विकासको लहर आउछ, मन्त्री महासेठले भने “त्यसका लागि जनप्रतिनिधि इमानदार हुनुपर्छ ।” तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गत सिरहामा मात्र चालू आर्थिक वर्षमा ३२ वटा विकासका योजना ल्याएको बताउँदै उनले सिरहा, सप्तरी, धनुषालगायत मधेशका सबै जिल्लालाई प्राथमिकतामा राख्दै विकास अगाडि बढाएको उल्लेख गरे ।

पूर्वमन्त्री तथा नेकपाका नेता अजयशंकर नायकले कर्जन्हा नगरपालिकामा सौन्दर्य झल्किने धेरै जसो स्थान रहेकाले यसलाई विकास र प्रचारप्रसार गरेर नगरलाई सौन्दर्य झल्किने स्थानको रुपमा निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।

कर्जन्हा नगरपालिकाका प्रमुख गङ्गा पासवान, पूर्वमन्त्री विश्नाथ साह, प्रतिनिधिसभाका सांसद लिलानाथ श्रेठ, प्रदेश सांसद दिलीप साहलगातयले विकास निर्माणबारे धारणा राखेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ४६ बजे

क्यासिनो लुटपाटमा संलग्न दुई पक्राउ

काठमाडौं- जेन-जी आन्दोलनका क्रममा हयात होटल तोडफोड तथा प्राइड क्यासिनो

दलहरुले पेस गरेको सूचीमा निर्वाचन आयोगले थाल्यो रुजु प्रक्रिया

काठमाडौं– गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा तीन

एनआरएनए निर्वाचनमा सहमतिमै नेतृत्व चयन गर्ने प्रयास जारी

काठमाडौं– गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) को १२औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयन प्रक्रियामा

दुर्घटनामा मृत्यु भएका सात भारतीयको शव दूतावासलाई बुझाइयो

गोरखा– गोरखामा भएको सवारी दुर्घटनामा मृत्यु भएका सात भारतीय नागरिकको

कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

दोधारा चाँदनी– कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका