कांग्रेस कमजोर हुनुमा पार्टी नभई व्यक्ति दोषी – कोइराला « Khabarhub

कांग्रेस कमजोर हुनुमा पार्टी नभई व्यक्ति दोषी – कोइराला


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले सरकार सहमति, सहकार्य र एकताबाट अघि बढ्न नसकेको आरोप लगाएकी छिन् ।

नेपाल प्रेस युनियन कास्कीद्वारा शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा नेतृ कोइरालाले सहकार्यको अभावमा सरकार विकास निर्माणलगायतका काममा सफल बन्न नसकोको दाबी गरिन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेकी नेतृ कोइरालाले कांग्रेसलाई कमजोर बनाउनुमा पार्टी नभई व्यक्ति /व्यक्ति दोषी भएको उल्लेख गर्दै पार्टी बचाउनका लागि सबैको सामूहिक प्रयास आवश्यक हुने बताइन् ।

एउटा चुनाव हार्दैमा मनोबल कमजोर बनाउनु नहुने बताउँदै उनले भनिन् “पार्टीलाई सङ्गठित बनाएर लैजानुपर्छ ।” देशका ८० प्रतिशत युवाको भावनालाई प्रतिनिधित्व गर्ने गरी पार्टीको सङ्गठन विस्तार गर्नुपर्नेमा उनको जोड थियो ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १२ : १९ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट