नेकपा एकता प्रक्रिया टुंगियो, ६ बजे सचिवालय बैठक बसेर अनुमोदन गर्ने | Khabarhub Khabarhub

नेकपा एकता प्रक्रिया टुंगियो, ६ बजे सचिवालय बैठक बसेर अनुमोदन गर्ने


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रियाले पूर्णता पाएको छ । टुग्गिएको एकता प्रक्रियालाई आज (आइतबार) साँझ ६ बजे बस्ने सचिवालय बैठकले अनुमोदन गर्नेछ ।

आज बस्ने सचिवालय बैठकमा पार्टीको एकता प्रक्रियालाई अन्तिम रुप दिई भोलि (सोमबार) एकता प्रक्रियाको सम्पूर्ण विषय टुंग्एिको घोषणा गर्ने तयारी नेकपाले गरेको छ ।

पार्टी एकताको सम्पूर्ण काम टुंग्याउने गरी प्रधानमन्त्री केपी शर्मा ओलीसँग सहमति गरिएको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले टुंगिएका विषयलाई सचिवालयले अनुमोदन गर्ने बताए ।

आज बिहान बालुवाटारमा नेकपाका दुई अध्यक्ष ओली, प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल र महासचिव विष्णु पौडेलबीच भएको छलफलमा पार्टीको जिम्मेवारी दिँदा अनुहारलाई नभई नीति र सिद्धान्तलाई अबलम्बन गरिने सहमति भएको छ ।

सोही सहमति अनुसार साँझ ६ बजे सचिवालय बैठक बस्ने छ । सचिवालय बैठक अघि अध्यक्षद्वय ओली र प्रचण्डबीच अहिलेसम्म भएका सहमतिका विषयलाई पूर्णता दिने विषयमा छलफल हुनेछ । दुई अध्यक्षको छलफलपछि सचिवालय बैठक बस्ने नेकपाले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १ : १२ बजे

बेलायतमा प्रतिबन्धित प्यालेस्टाइन समर्थक समूहका २०० जना पक्राउ

लण्डन – सरकारले गत महिना आतङ्कवाद विरोधी कानून अन्तर्गत प्यालेस्टाइनलाई

कैलाली कारागार झडपका गम्भीर घाइतेलाई काठमाडाैं पठाइयो

धनगढी – कैलाली कारागारमा शुक्रबार राति भएको झडपका क्रममा गम्भीर

बागमती प्रदेशमा आइतबार सार्वजनिक बिदा

काठमाडौं – बागमती प्रदेश सरकारले आगामी साउन २५ गते गाईजात्रा

भोजपुरको टक्सारमा लाखेजात्रा

भोजपुर – भोजपुरको टक्सारमा लाखेजात्रा विधिवत् सुरु भएको छ ।

जालन्धर भुसाल बने कैलाली कारागारको नयाँ जेलर

धनगढी – शनिबार राति भएको झडपपछि कैलाली कारागारको नेतृत्वमा परिवर्तन