उपहारमा बाख्रा पाउँदा मख्ख एकल महिला ! | Khabarhub Khabarhub

उपहारमा बाख्रा पाउँदा मख्ख एकल महिला !


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तानसेन– पाल्पालको रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छन् ।

श्रीमान‍्को निधन भएपछि उनलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएका धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ ।

‘एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुशी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु’,  उनले भनिन् । माऊ बाख्राको राम्रोसँग स्याहारासुसार गरी यसैबाट सङ्ख्या बढाउँदै लैजाउने उनको योजना छ ।

एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एक वटा माऊ बाख्रा उपहारस्वरुप दिएको छ । एउटा माऊ बाख्रालाई राम्रोसँग घाँसपात, दानापानी गरेर गुजारा चलाउने कविता भण्डारीले बताइन् ।

माऊ बाख्रा पाएपछि उहाँले खुशी हुँदै उनी भन्छन्, ‘समाजमा एकल महिला भनेर हेयको दृष्टिकोण राख्नेका निम्ति अब्बल महिलाका रुपमा बाख्रापालन व्यवसाय गरेर नमुनाका रुपमा आफूलाई चिनाउनेछु ।’ बाख्रा पालेर घरखर्च, छोराछोरीको पढाइ खर्च चलाउने उनको धोको छ ।

एकल महिलालाई आयआर्जन गरी आत्मनिर्भर बनाउन वडाका ६० वर्ष उमेरभित्रका नौ जना एकल महिलालाई बाख्रा वितरण गरिएको हो ।

यहाँका झुमाकुमारी कुमाल, शुभद्रा थापा, माया घर्ती, भानियमाया घर्ती, मुमाकुमारी पौडेल, दिलकुमारी खासु, कविता भण्डारी, स्यानी कुमाल र जमुना घिमिरेलाई प्रतिव्यक्ति ५/५ हजारका दरले १/१ वटा माऊ बाख्रा उपहारस्वरुप वितरण गरिएको छ । महिला शीर्षकमा विनियोजित ५० हजार बजेटबाट आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले उनीहरुलाई अनुदानमा माऊ बाख्रा वितरण गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

यस कार्यक्रमले महिलालाई आयआर्जनमा ठूलो टेवा पुग्ने रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी घिमिरे आचार्यले बताइन् । उनले नगरभित्रका एकल महिलालाई भेला गराई नगरस्तरीय समिति गठन गर्ने र आयआर्जन, सीपमूलक तालीम सञ्चालन गर्ने नगरपालिकाले योजना बनाएको पनि सुनाइन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  २ : ४५ बजे

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचन हुने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा

प्रथम महिला प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोह (तस्बिरहरू)

काठमाडौँ – जेन-जी प्रदर्शनपछि निम्तिएको राजनीतिक शून्यता प्रधानमन्त्री सुशीला कार्कीले

प्रिय जेनजी, तपाईंहरूको योगदान अमूल्य छ : बालेन

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले जेन–जी आन्दोलनमा सहभागि

नवनियुक्त प्रधानमन्त्री कार्कीको शपथ समारोहमा पूर्वप्रधानमन्त्री भट्टराई सहभागी

काठमाडौं – नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार शितल निवासमा सपथ

प्रधानमन्त्री कार्कीको सपथ समारोहमा देखिएनन् बालेन

काठमाडौं – शुक्रबार राति शितल निवासमा सम्पन्न भएको अन्तरिम सरकारको