राजधानीमा दिउँसै लुटपाट मच्चाउने ३ जना पक्राउ | Khabarhub Khabarhub

राजधानीमा दिउँसै लुटपाट मच्चाउने ३ जना पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानी काठमाडौंमा दिउँसै लुटपाट मच्चाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत २६ गते काठमाडौंको रानीबारीमा भएको चोरीको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–८ घर भएका ३८ वर्षी नवराज तामाङ, नैकाप घर भएका २८ वर्षी दिनेश भन्ने सन्त बहादुर तामाङ र मातातिर्थ घर भएका ३६ वर्षी बिक्रम श्रेष्ठ छन् ।

उनीहरुले चैत २६ गते विहान ११ः३० बजे रानीबारीमा रहेको लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए । घरधनी शेरचन, उनकी श्रीमती भानुदेवी शेरचेन र घरको रेखदेख गर्ने मिठ्ठु थकाली समेत घरकै भएका बेलामा उनीहरुले लुटपाट गरेका थिए ।

उनीहरुले खुकुरीलगायत धारिलो हतियार देखाएर तीनै जनाको हात खुट्टा तथा मुखमा टेप बाँधेर ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमान लुटेर लगेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार उनीहरुबाट सुनको तिलहरी, बा २ ख ३०६१ नम्बरको ट्याक्सी तथा बा ३ च ७१६४ नम्बर स्पोर्टेज जीप बरामद भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०४ बजे

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र

अदालतभित्रै श्रीमानद्वारा श्रीमतीमाथि कुटपिट

तम्घास – गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुससहित मालपोतका सुब्बा पक्राउ

बुटवल – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

मातातीर्थ मेला भोलिदेखि, सम्पूर्ण तयारी पूरा

काठमाडौं – प्रत्येक वर्ष वैशाख कृष्णपक्ष आमाको मुख हेर्ने औँसीका