राजधानीमा दिउँसै लुटपाट मच्चाउने ३ जना पक्राउ « Khabarhub

राजधानीमा दिउँसै लुटपाट मच्चाउने ३ जना पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– राजधानी काठमाडौंमा दिउँसै लुटपाट मच्चाउने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गत चैत २६ गते काठमाडौंको रानीबारीमा भएको चोरीको घटनामा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको हो ।

महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा काठमाडौंको चन्द्रागिरी–८ घर भएका ३८ वर्षी नवराज तामाङ, नैकाप घर भएका २८ वर्षी दिनेश भन्ने सन्त बहादुर तामाङ र मातातिर्थ घर भएका ३६ वर्षी बिक्रम श्रेष्ठ छन् ।

उनीहरुले चैत २६ गते विहान ११ः३० बजे रानीबारीमा रहेको लालेन्द्र शेरचनको घरमा लुटपाट गरेका थिए । घरधनी शेरचन, उनकी श्रीमती भानुदेवी शेरचेन र घरको रेखदेख गर्ने मिठ्ठु थकाली समेत घरकै भएका बेलामा उनीहरुले लुटपाट गरेका थिए ।

उनीहरुले खुकुरीलगायत धारिलो हतियार देखाएर तीनै जनाको हात खुट्टा तथा मुखमा टेप बाँधेर ५ लाख ६० हजार रुपैयाँ बराबरको धनमान लुटेर लगेका महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहले जानकारी दिए ।

सिंहका अनुसार उनीहरुबाट सुनको तिलहरी, बा २ ख ३०६१ नम्बरको ट्याक्सी तथा बा ३ च ७१६४ नम्बर स्पोर्टेज जीप बरामद भएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ३ : ०४ बजे

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि

जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

काठमाडौं- जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जीव बराल

चार महिनापछि लय समात्न खोज्दै प्रधानमन्त्री बालेन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह चार महिनापछि बिस्तारै आफ्नो लयमा फर्किन