गृहयुद्धपछि कै सबैभन्दा ठूलो आतंककारी आक्रमण | Khabarhub Khabarhub

गृहयुद्धपछि कै सबैभन्दा ठूलो आतंककारी आक्रमण


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा कम्तिमा २ सय ७ जनाको ज्यान जानेगरी श्रृङ्खलाबद्ध ८ वटा विष्फोट भए । आक्रमणमा ४ सय ५० जनाभन्दा धेरै घाइते भए ।

इस्टर सन्डेका दिन प्रार्थाना गर्न गिर्जाघर र आलिशान होटेलमा जम्मा भएकालाई लक्षित गरी भएका विष्फोटमा मारिनेमा दर्जनौं विदेशीसमेत छन् । श्रीलंकाको राजधानी कोलम्बो, पूर्वी तटीय शहर बाटिकोओला र कोलम्बोको उत्तरमा रहेको नेगोम्बो शहरमा विष्फोट केन्द्रित थिए ।

श्रीलंकाको पूर्वी भेगमा रहेको सबैभन्दा ठूलो चर्च बाटिकाओलास्थित जायोन गिर्जाघर, कोलम्बोमा रहेको सेन्ट एन्थोनीको गिर्जाघर तथा नेगोम्बो शहरमा रहेको सेन्ट सेबास्टियन गिर्जाघरमा आक्रमण लक्षित रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, कोलम्बो मै रहेका साङ्ग्री ला होटेल, द सिनामोन ग्राण्ड होटेल तथा किन्सबरी होटेलमा पनि विष्फोट भएको बताइएको छ ।

त्यसबाहेक कोलम्बोको चिडियाखाना तथा व्यावसायिक केन्द्रका रुपमा रहेको डेमाटागोडा जिल्लामा समेत विष्फोट भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

केही दशक अघिसम्म गृहयुद्धका क्रममा तामिल टाइगर्स विद्रोही तथा सरकारी सेनाबीच हिंसात्मक घटना बारम्बार दोहोरिने गरेको थियो तर, सन् २००९ मा सकिएको दशकौं लामो गृहयुद्धपछि श्रीलंकामा भएको यो सबैभन्दा ठूलो आक्रमण हो । आक्रमणको जिम्मा हालसम्म कसैले पनि लिएको छैन । यद्यपि प्रहरीले भने आक्रमण आत्मघाती रहेको भन्दै विष्फोटनमा सी फोर विष्फोटक पदार्थको प्रयोग भएको जनाएको छ ।

तस्वीर– एफपी

गृहयुद्ध सकिएपछि श्रीलंकामा पर्यटन क्षेत्र मोलाउँदै गएको अवस्थामा भएको यस्तो विष्फोटले त्यहाँको पर्यटन क्षेत्रलाई निरुत्साहित गर्ने तथा यसले पर्यटनका माध्यमबाट श्रीलंकाको अर्थतन्त्र पुग्दै आएको टेवा घट्दै जाने आशंका गरिएको छ । यसबाट श्रीलंकाको सुरक्षा व्यवस्थामा गम्भीर प्रश्चचिह्न खडा भएको छ ।

विष्फोटनपछि श्रीलंकाभर उच्च सुरक्षा सतर्कता अपनाइएको छ । कोलम्बोमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा थप सुरक्षाकर्मी परिचालन गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । त्यस्तै, सरकारले कफ्र्यु समेत जारी गरेको छ । सरकारले सेनालाई भइपरी आउने कुनै घटनालाई मध्यनजर गर्दै उच्च सतर्क रहन निर्देशन दिएको छ । विष्फोटन लगत्तै श्रीलंकाली शिक्षा मन्त्रालयले सोमबार र मंगलबारका लागि श्रीलंकाका विद्यालय बन्द गर्ने घोषणा गरेको छ ।

आक्रमणपछि सामाजिक सञ्जालमार्फत् झुटा समाचार प्रवाह भइरहेको भन्दै सरकारले केही समयका लागि सामाजिक सञ्जालमा बन्देज लगाएको समेत घोषणा गरेको छ । सरकारले फेसबुक, इन्स्टाग्राम तथा ह्वाट्सएपसहितका सामाजिक सञ्जालमा केही समयका लागि बन्देज लगाउने घोषणा गरेको हो ।

विस्फोटको अन्तर्राष्ट्रि रुपमा भर्त्सना भइरहेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विस्फोटको भत्र्सना गरेका छन् । उनले श्रीलंकाली समकक्षीलाई सन्देश पठाउँदै श्रीलंकामा भएको आक्रमणको खबरले आफू स्तब्ध भएको जनाउँदै नेपाल सरकारले यस्तो घटनाको निन्दा गरेको तथा आक्रमण गराउनेलाई सक्दो चाँडो कानूनी दायरमा ल्याउनु पर्नेमा समेत जोड दिएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विष्फोटनको निन्दा गर्दै दक्षिणी एशियामा यस्ता मानवताविरोधी कुनै पनि घटनाका लागि ठाउँ नरहेको जनाएका छन् । उनले भारत सरकार तथा भारतीय जनता यस्तो अवस्थामा श्रीलंकाको साथमा रहेको समेत जनाएका छन् ।

तस्वीर– एएफपी

प्रधानमन्त्री ओली तथा भारतीय प्रधानमन्त्री मोदीबाहेक क्याथोलिक इसाई धर्मका धर्मगुरु पोप फ्रान्सिस, बेलायती प्रधानमन्त्री टेरिजा मे, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, जर्मन चान्सलर एङ्गेला मर्केल, पाकिस्तानी प्रधानमन्त्री इमरान खान, टर्कीका राष्ट्रपति रेजेप तैयप एर्दोगानले समेत आक्रमणको निन्दा गरेका छन् ।

श्रीलंकामा पछिल्ला केही वर्षमा धार्मिक हिंसा बढ्दै गएको समाचार आएका थिए । पछिल्ला केही वर्षयता त्यहाँ बहुसङ्ख्यक बौद्ध धर्मावलम्बी तथा अल्पसङ्ख्यक मुसलमान धर्मावलम्बीबीच आक्रमण तथा अन्य हिंसात्मक घटना बढ्दै गएको थियो । त्यहाँका अल्पसङ्ख्यक इसाई धर्मावलम्बीहरुले पनि उग्रवादी बौद्ध भिक्षुहरुले आफूहरुमाथि आक्रमण गर्ने धम्की दिने गरेको समाचार आएका थिए ।

करिब २ करोड २० लाख जनसङ्ख्या रहेको श्रीलंकाका ७० प्रतिशत मानिसहरु बौद्ध धर्मावलम्बी छने भने १३ प्रतिशत हिन्दु, १० प्रतिशत मुसलमान तथा करिब ८ प्रतिशत इसाई धर्मावलम्बी रहेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ५ : ४९ बजे

कांग्रेस केन्द्रीय समिति बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहने

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ ।

ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारमा गाउँलेलाई सहज

बागलुङ– बागलुङका ग्रामीण सडक सञ्चालनमा आएपछि तिहारका बेला सर्वसाधारणलाई आवतजावत

महोत्तरीमा आज साँझ धनतेरस मनाउने तयारी

महोत्तरी– सौरमासको कात्तिक सङ्क्रान्तिकै दिन यसपालिको दीपावली (तिहार) पर्व सुरु

नारायणगढ–मुग्लिन सडक खण्डमा सातवटा गाडी एकआपसमा ठोक्किए

चितवन– नारायणगढ–मुग्लिन सडक खण्डको गाइघाटमा सातवटा गाडीहरु एकआपसमा ठोकिएर दुर्घटना

अर्थमन्त्री खनालबाट सिङ्गापुरका राष्ट्रपति थरमनसँग भेटवार्ता

वासिङ्टन डिसी– अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिङ्गापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता