८५ लाखको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ विदेशी महिला पक्राउ « Khabarhub

८५ लाखको सुनसहित अन्तर्राष्ट्रिय विमानस्थलबाट २ विदेशी महिला पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित २ विदेशी महिला पक्राउ परेका छन् ।

थाइ एयरको फ्लाइट नम्बर टीजी५८५ बाट काठमाडौं उत्रिएका भियतनाम र कम्बोडियाको राहदानी बोकेका महिला १ किलो ६ सय ८३ ग्राम सुनसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भियतनामको राहदानी बी४१६७३५४ वाहक भो थी मोइ र कम्बोडियाको राहदानी एन००८३६२९८ वाहक थिएभी यूआई छन् ।

शंकाको आधारमा पार्किङ एरियामा चेकजाँच गर्दा भियतनामी नागरिक भो थी मोइबाट ७ सय ४८ र कम्बोडियन नागरिक थिएभी यूआईबाट ९ सय ३५ ग्राम सुन बरामद भएको प्रहरीले जनाएको छ ।

बजारमूल्य अनुसार दुवैजनाबाट ८५ लाख २७ हजार ७ सय ६१ रुपैयाँ बराबरको सुन बरामद भएको नेपाल प्रहरीको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ०३ बजे

कालीगण्डकी करिडोर : यस्तो बन्यो तातोपानी-घाँसा खण्ड

म्याग्दी – चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

घोडाघोडीमा निःशुल्क आँखा जाँच शिविर, ३८४ जनाको परीक्षण

कैलाली– घोडाघोडी नगरक्षेत्रमा मोतियाबिन्दुको समस्या उच्च पाइएको छ । जिल्लाको

वैभवीलाई भारतमा तीन स्वर्ण

काठमाडौं – तेक्वान्दो खेलाडी वैभवी सापकोटाले तेस्रो कालिम्पोङ अन्तरराष्ट्रिय तेक्वान्दो

गाउँमै वाइन उद्योग स्थापना भएपछि किबी किसानलाई राहत

धनकुटा– गाउँमा नै किबी खपत गर्ने वाइन उद्योग सञ्चालनमा आएपछि

धान उत्पादन घट्यो

भोजपुर– अनियमित मौसमका कारण भोजपुरमा यस वर्ष धान उत्पादनमा गिरावट