श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट अपडेट: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो | Khabarhub Khabarhub

श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट अपडेट: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा भएका श्रृंखलाबद्ध बम विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ पुगेको छ । राजधानी कोलम्बोसहित पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरमा रहेका गिर्जाघरसहित विभिन्न ८ ठाउँमा भएको विष्फोटमा अन्य ४ सय ५० भन्दा धेरै घाइते भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

डेली मिररका अनुसार कोलम्बोमा रहेको राष्ट्रिय अस्पतालमा ६६ शव राखिएको छ भने त्यहाँ अन्य २ सय ६० जनाको उपचार भइरहेको छ । त्यस्तै, नेगोम्बो शहरको अस्पतालमा १ सय ४ शव राखिएको छ भने त्यहाँ अन्य १ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । त्यसबाहेक अन्य ३७ जनाको शव पनि मुलुकका अन्य स्थानका अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार कोलम्बोको अस्पतालमा रहेकामध्ये ११ शव भने विदेशी पर्यटकका शव छन् । त्यहाँ शव रहेका विदेशीमा भने बंगलादेश, मोरक्को, पोल्याण्ड, डेनमार्क, चीन, जापान, अमेरिका, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिक छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ४४ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक