श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट अपडेट: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो « Khabarhub

श्रील‌ंका श्रृंखलाबद्ध बम विष्फोट अपडेट: ज्यान गुमाउनेको संख्या २०७ पुग्यो


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

श्रीलंका– श्रीलंकामा भएका श्रृंखलाबद्ध बम विष्फोटमा ज्यान गुमाउनेको सङ्ख्या २ सय ७ पुगेको छ । राजधानी कोलम्बोसहित पूर्वी शहर बाटिकाओला तथा कोलम्बोबाट उत्तरमा रहेको नेगोम्बो शहरमा रहेका गिर्जाघरसहित विभिन्न ८ ठाउँमा भएको विष्फोटमा अन्य ४ सय ५० भन्दा धेरै घाइते भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ ।

डेली मिररका अनुसार कोलम्बोमा रहेको राष्ट्रिय अस्पतालमा ६६ शव राखिएको छ भने त्यहाँ अन्य २ सय ६० जनाको उपचार भइरहेको छ । त्यस्तै, नेगोम्बो शहरको अस्पतालमा १ सय ४ शव राखिएको छ भने त्यहाँ अन्य १ सय जनाभन्दा धेरैको उपचार भइरहेको छ । त्यसबाहेक अन्य ३७ जनाको शव पनि मुलुकका अन्य स्थानका अस्पतालमा लगिएको छ ।

प्रहरीका अनुसार कोलम्बोको अस्पतालमा रहेकामध्ये ११ शव भने विदेशी पर्यटकका शव छन् । त्यहाँ शव रहेका विदेशीमा भने बंगलादेश, मोरक्को, पोल्याण्ड, डेनमार्क, चीन, जापान, अमेरिका, भारत, पाकिस्तानलगायतका मुलुकका नागरिक छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ६ : ४४ बजे

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री