मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र मुख्य मेरुदण्ड | Khabarhub Khabarhub

मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र मुख्य मेरुदण्ड


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन व्यवसायीहरुले मुलुकको विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको  बताउँदै विदेशी पर्यटक भित्र्याउन सरकाले पर्यटन मत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

इन्टिच्यूट फर स्टाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)को आयोजनामा काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा भएको कार्यक्रमा उनीहरुले नेपालको समृद्धिका लागि पर्टयन क्षेत्र प्रमुख मेरुदण्डका रुपमा रहेको बताएका हुन् ।

कार्यक्रममा आइएसएसआरका कार्यवहाक अध्यक्ष तथा अर्थविद् डा. गोविन्द नेपालले  नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपालका विमानस्थलको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको बताए ।

उनले पर्यटकको आकर्षणका लागि नेपालका हिमाल, ऐतिहासिक सम्पदा तथा धार्मिक स्थल प्रसस्थ रहेको बताउँदै ती क्षेत्रको उचित संरक्षण र पुनर्निमार्ण गर्न सके नेपालमा विदेशी पर्यटकहरुको आगमन दर उच्च रहने अपेक्षा गरे ।

कार्यक्रममा नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सियन पाण्डे नेपालको विकासका लागि सम्भावनाहरु धेरै भएपनि पूर्वाधारहरुको अवस्था नाजूक रहेको बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसियशन नेपाल (टान)का अध्यक्ष नवराज दाहालले प्राकृतिक विपत्तिबाट जीर्ण तथा भग्नावशेष बनेका पर्यटकीय क्षेत्रको पुनर्निमाणमा तदारुकता दिनुपर्ने बताए । उनले २०२० मा २० लाख गुणस्तरीय पर्यटक भित्र्याउने योजना सफल बनाउन सरकाले पर्यटन मैत्री नियम कानून बनाउनुपर्नेतर्फ जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ४५ बजे

अपहरणमा परेका एकजनाको सकुशल उद्धार, पाँच अपहरणकारी पक्राउ

जनकपुरधाम– धनुषाको ढल्केबरबाट अपहरणमा परेका एकजनाको प्रहरीले सकुशल उद्धार गरेको

पिसाब पोल्ने समस्या छ ? यी उपाय अपनाउनुस्

काठमाडौं– सामान्यतया कम पानी पिउने मानिसमा पिसाब पोल्ने समस्या बढी

भानुमा औद्योगिक ग्राम निर्माण गरिँदै

तनहुँ– तनहुँको भानु नगरपालिकामा औद्योगिक ग्राम निर्माणको प्रक्रिया सुरु भएको

तनहुँको पराशर मार्गमा कालोपत्र

तनहुँ– तनहुँको व्यास नगरपालिकाको गौरवको आयोजनामा रहेको पराशर मार्गमा पक्की

स्वरोजगार प्रवर्द्धन गर्न सिलाइ तालिम

गण्डकी– रोजगारीको खोजीमा युवा जमात विदेशिने क्रम बढिरहेका बेला पोखरा