मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र मुख्य मेरुदण्ड « Khabarhub

मुलुकको समृद्धिका लागि पर्यटन क्षेत्र मुख्य मेरुदण्ड


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पर्यटन क्षेत्रका विज्ञ तथा पर्यटन व्यवसायीहरुले मुलुकको विकास र समृद्धिका लागि पर्यटन क्षेत्रको भूमिका महत्वपूर्ण रहेको  बताउँदै विदेशी पर्यटक भित्र्याउन सरकाले पर्यटन मत्री वातावरण बनाउनुपर्नेमा जोड दिएका छन् ।

इन्टिच्यूट फर स्टाटेजिक एण्ड सोसियो इकोनोमिक रिसर्च (आईएसएसआर)को आयोजनामा काठमाडौंको दरबारमार्गस्थित पेभेलियन हलमा भएको कार्यक्रमा उनीहरुले नेपालको समृद्धिका लागि पर्टयन क्षेत्र प्रमुख मेरुदण्डका रुपमा रहेको बताएका हुन् ।

कार्यक्रममा आइएसएसआरका कार्यवहाक अध्यक्ष तथा अर्थविद् डा. गोविन्द नेपालले  नेपालको पर्यटन क्षेत्रको विकासका लागि नेपालका विमानस्थलको निर्माण तथा स्तरोन्नति कार्य भइरहेको बताए ।

उनले पर्यटकको आकर्षणका लागि नेपालका हिमाल, ऐतिहासिक सम्पदा तथा धार्मिक स्थल प्रसस्थ रहेको बताउँदै ती क्षेत्रको उचित संरक्षण र पुनर्निमार्ण गर्न सके नेपालमा विदेशी पर्यटकहरुको आगमन दर उच्च रहने अपेक्षा गरे ।

कार्यक्रममा नेपाल एशोसिएशन अफ टूर्स एण्ड ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सियन पाण्डे नेपालको विकासका लागि सम्भावनाहरु धेरै भएपनि पूर्वाधारहरुको अवस्था नाजूक रहेको बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एशोसियशन नेपाल (टान)का अध्यक्ष नवराज दाहालले प्राकृतिक विपत्तिबाट जीर्ण तथा भग्नावशेष बनेका पर्यटकीय क्षेत्रको पुनर्निमाणमा तदारुकता दिनुपर्ने बताए । उनले २०२० मा २० लाख गुणस्तरीय पर्यटक भित्र्याउने योजना सफल बनाउन सरकाले पर्यटन मैत्री नियम कानून बनाउनुपर्नेतर्फ जोड दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ४५ बजे

बानेश्वरबाट अनलाइन सट्टेबाजी र क्रिप्टोकरेन्सी कारोबारमा संलग्न तीन जना पक्राउ

काठमाडौं – अवैध अनलाइन सट्टेबाजी तथा क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।