महिलाको कपाल मुण्डन गरी कुटपिट गर्ने ८ जना पक्राउ « Khabarhub

महिलाको कपाल मुण्डन गरी कुटपिट गर्ने ८ जना पक्राउ


८ बैशाख २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा– धनुषामा एक दलित महिलालाई कपाल मुण्डनसहित कुटपिट गरेको आरोपमा धनुषा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ ।

जनकपुरधाम उपमहानगरपालिका–२५ लोहना बस्ने अन्दाजी ३४ वर्षीया स्थानीय एक मुसहर समुदायकी महिलालाई त्यही टोलकै केही पुरुषहरुले मिलेर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रमुख शेखर खनालले भने “गाउँलेहरु मिलेर कपाल मुण्डन गरी कुटपिट गरेका हुन् । शनिबार राति भएको सो घटना आइतबार मात्र सार्वजनिक भएपछि प्रहरीले आरोपितहरुलाई पक्राउ गरेको छ ।”

पक्राउ पर्नेहरुमा स्थानीय ४० वर्षीय रामदुलार सादा, २८ वर्षीय रामविनय सादा, ३७ वर्षीय हरिराम सादा, ३५ वर्षीया लुचवा सादा, ४१ वर्षीय शिवचरण सादा, ३५ वर्षीय राजवीर सादा, ३६ वर्षीय रञ्जित सादा र १९ वर्षीय सन्तोष सादा रहेका छन् ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय धनुषाबाट गएको टोलीले पक्राउ गरेको हो । सो घटनामा पक्राउ परेकालाई जिल्ला अदालतबाट म्याद थप गराई अभद्र व्यवहार गरेको घटनामा जाहेरी दर्ता भएको जनाएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  ९ : ५० बजे

त्रिशूलीको बाढीले घ्याल्चोकको पुल बगायो

गोरखा– त्रिशूलीमा आज आएको बाढीले गोरखाको गण्डकी गाउँपालिका–८ घ्याल्चोक र

बालेनले समन्वय नगरेपछि रविको सक्रियता : स्थानीय सरकारसँग संवादलगत्तै भेटे बागमतीका मुख्यमन्त्री

काठमाडौं– गत बुधबार गएको बाढीको चार दिनपछि राष्ट्रिय स्वतन्त्र पार्टी

जथाभाबी राहत सङ्कलन नगर्न भन्दै प्रशासन भन्यो- इच्छुकले उद्धार कोषमै गर्नुस्

भद्रपुर– रसुवाको भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावितका नाममा जथाभाबी आर्थिक तथा राहत

मनहरीद्वारा बाढीपीडितका लागि १० लाख सहयोग

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिकाले भोटेकोशी बाढी प्रभावितको राहत तथा उद्धारका लागि

सांसदहरूलाई रविको निर्देशन : टुरिस्टको शैलीमा बाढी प्रभावित क्षेत्रमा घुम्न नजानू

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो दलका सांसदहरूलाई