नक्कली फेसबुक आइडीबाट प्रधानमन्त्रीविरुद्ध अपशब्द लेख्ने तामाङ पक्राउ « Khabarhub

नक्कली फेसबुक आइडीबाट प्रधानमन्त्रीविरुद्ध अपशब्द लेख्ने तामाङ पक्राउ


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अपशब्द लेख्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी प्रधानमन्त्रीविरुद्ध अमर्यादित तथा धम्किपूर्ण कमेन्ट गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोकका ३४ वर्षीय लाल बहादुर तामाङलाई सोमबार बानेश्वरबाट पक्राउ गरेको हो ।

निजले ‘५० लाख दिनुस् ओलीलाई मारीदिन्छु’ भनी सामाजिक संजालमा कमेन्ट गरेको खुल्न आएको प्रहरीले जनाएको छ । प्रधानमन्त्री ओलीलाई मात्र नभएर उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी ‘पचास करोड दिनुस् म मोदीलाई मारिदिन्छु’ भन्ने कमेन्ट समेत गरेको खुल्न आएको प्रहरीले बताएका छ । उनले सलिम योन्जन तामाङ ‘भाइ’ नामक फेसबुक आईडीको प्रयोग गरी उक्त कमेन्ट गरेको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमा उक्त कमेन्ट सम्प्रेषण गरी जनमानसमा भ्रम तथा त्रास फैलाउने कार्यमा संलग्न रहेको अभियोगमा तामाङलाई पक्राउ गरी विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ८ : ४४ बजे

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप

दीपेन्द्रसिंह ऐरी आईएल टी–२० अक्सनमा अन्सोल्ड

काठमाडौं – नेपाली राष्ट्रिय टी–२० आई क्रिकेट टोलीका कप्तान दीपेन्द्रसिंह