अद्यावधिक विवरण नबुझाउने ४८ म्यानपावरको अनलाइन कारोवार बन्द « Khabarhub

अद्यावधिक विवरण नबुझाउने ४८ म्यानपावरको अनलाइन कारोवार बन्द


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बैदेशिक रोजगार विभागले ४८ वटा म्यानपावर कम्पनीका अनलाइन कारोवार बन्द गरेको छ । विभागले पटक पटक मागेको अद्यावधिक विवरण नबुझाउने म्यानपावर कम्पनीका अनलाइन कारोवार बन्द गरिएको विभागले जानकारी दिएको छ ।

विवरण अद्यावधिक नगर्ने म्यानपावर अनलाइन कारोवार बन्द गरी अन्य प्रक्रियाका अगाडी बढाइएको विभागले जनाएको छ । विभागले तोकिएको समयसीमा भित्र आफ्नो विवरण अद्यावधिक नगर्ने त्यस्ता म्यानपावरको सूचना प्रणालीमा अनलाइन कारोवार बन्द भएको विभागका निर्देशक भोलानाथ गुरागाईले जानकारी दिए ।

विभागले गत हप्ता १० वटा म्यानवार कम्पनी खारेज गरेको थियो । वैदेशिक रोजगारीका क्रममा कामदारलाई समस्या पर्ने म्यानपावर कम्पनीको अनुगमन तीब्र परिएको विभागले जनाएको छ ।

विभागले वैशाख महिनामा मात्र दर्जनभन्दा धेरै म्यानपावर कम्पनीको अनुगमन गरेको छ । पीडितले दिएको उजुरीका आधारमा विभागले म्यानपावर कम्पनीको अनुगमन गर्ने कामलाई तीब्र बनाएको छ ।

यस्तो छ कारबाहीमा पर्ने म्यानपावर कम्पनीको सूची

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ११ : ०७ बजे

बूढीगण्डकी बाढी : पुल, जलविद्युत् आयोजना र दर्जनौँ घरमा ठूलो क्षति

गोरखा– आइतबार बूढीगण्डकी नदीमा आएको बाढीका कारण नदी तटीय क्षेत्रमा

बेनी–जोमसोम सडक खुल्यो

मुस्ताङ– बेनी-जोमसोम सडक सञ्चालन भएसँगै यहाँबाट १७३ वटा कन्टेनर गन्तव्यतर्फ

 ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

अर्घाखाँची– छत्रदेव गाउँपालिका–३ मथुरा चापटारीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको

टेलिकमको दसैँ अफर, के-के छन् सुविधा ?

काठमाडौं– नेपाल टेलिकमले नेपालीहरूको महान् चाड दसैँ, तिहार तथा छठ

बुढीगण्डकीको बाढीले शान्ति बजारका घर डुबानमा

गोरखा- बुढीगण्डकी नदीमा आएको बाढीले गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्ति बजार