अस्ट्रियाका फर्मुला वान राइडर लाउडाको निधन « Khabarhub

अस्ट्रियाका फर्मुला वान राइडर लाउडाको निधन


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अस्ट्रियाका लिजेण्ड फर्मुला वान राइडर निकी लाउडाको निधन भएको छ । फर्मुला वान (कार रेसिङ प्रतियोगिता) मा तीन पटकका विश्व च्याम्पियन लाउडाको ७० वर्षको उमेरमा मंगलबार निधन भएको हो ।

गएको अगस्टमा फोक्सोको प्रत्यारोपण गरेका निकीले फेरारी टिमबाट सन् १९७५ र १९७७ मा फर्मुला वानको विश्व च्याम्पियन बनेका थिए भने सन् १९८४ मा निकी म्याकलरेन टिमबाट विश्व च्याम्पियन बने ।

सन् १९७६ को जर्मन ग्राण्ड प्रिक्सको रेस क्रममा निकी दुर्घटनामा परेका थिए । दुर्घटनामा उनको अनुहार र हातहरु जलेका थिए ।

तर, दुर्घटनामा परेको ६ हप्तापछि रेसमा फर्कदै उनले दुई पटक विश्व च्याम्पियनको उपाधि जित्दै आफूलाई सफल खेलाडीका रुपमा विश्वसामू चिनाएका थिए ।

आफ्नो खेल करियरबाट टाढिएसँगै लाउडा विभिन्न विमानमा लगानी गरेका थिए भने र पछिल्लो समय फर्मुल्ला वान मर्सीडिजका सम्मानीत अध्यक्ष रहेका थिए ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  २ : ५३ बजे

बाढीले उजाडियो पर्वतको फर्से बजार

गण्डकी – कालीगण्डकी नदीमा आएको बाढीले पर्वतको जलजला गाउँपालिका–८ फर्सेको

गाडी रिजर्भ गरेर बाढी हेर्न जानेको भीड (तस्बिरहरु)

काठमाडौं – कालीगण्डकी नदीमा आएको बाढी हेर्नका लागि बागलुङ बजारबाट

म्याग्दी पहिरो अपडेट : मृतकको संख्या छ पुग्यो, तीन जना बेपत्ता

म्याग्दी – म्याग्दीमा पहिरोबाट ज्यान गुमाउनेको संख्या छ जना पुगेको

काठमाडौं हिँडेका सवारीसाधन कुरिनटारमा रोकिए (तस्बिरहरू)

चितवन – अविरल वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४

मर्स्याङ्दी आसपासका बस्ती खाली गर्न आग्रह

लमजुङ – मनाङको चामे गाउँपालिका–४ स्थित घट्टेखोलामा पहिरो झरिरहेको र