मंगलबार शेयर बजारमा सामान्य सुधार « Khabarhub

मंगलबार शेयर बजारमा सामान्य सुधार


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो दिन शेयर बजारमा केहि सुधार देखिएको छ । केही दिनदेखि लगातार आरालो लागिरहेको परिसूचक नेप्से मंगलबार ४.४२ अंकले सुधार आएको हो ।

बजारमा सुधार आएसगै नेप्से १ हजार ३ सय १२ बिन्दुमा पुगेको छ । त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.११ अकंले बढेको छ । मंगलबार जम्मा १७३ कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयामा कारोबार भएको छ ।

जम्मा १२ उपसमूहको कारोबार भएकोमा ३ उपसमूह घटेका छन् भने ९ उपसमूह बढेका छन् । उपसमूहको कारोबारमा उत्पादन ३३.३४, अन्य १.१६, माइक्रो फाइनान्स ३.०५ अंकले घटको छ भने बैंकिङ ०.०८, ब्यापार २.७, होटेल्स २.५८, बिकास बैंक २.४४, हाइड्रो पावर ६४.६, फाइनान्स १०.५१, निर्जिवन बीमा २८.०६, जीवन बीमा ४२, सामूहिक कोष ०.०५ अंकले बढेको छ ।

नेपाल बैंक लिमिटेडले मंगलबार सबै भन्दा बढी ८.६ करोडको करोबार गरेको छ । मल्टिपर्पोज फाईनान्स कम्पनी लिमिटेड, अपर तामाकोशी हाईड्रोपावर लिमिटेड, कोर्पोरेटिभ विकस बैंक, रिलाईन्स फाइनान्स, सर्पोटिभ माईक्रो फाईनान्सले अत्याधिक नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा समिट माईक्रो फाईनान्स, सिन्धु विकास बैंक, घलेम्दी हाईड्रो, हिमालय डिस्ट्रिलरी र मिथिला लघुवित्तका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ०२ बजे

हंसपुरका मेयर प्रदीपकुमार यादवको निधन

काठमाडौँ- धनुसाको हंसपुर नगरपालिकाका प्रमुख प्रदीपकुमार यादवको निधन भएको छ

‘राति नसुतेर पनि काम र २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने व्यवस्था गरौँ’

काठमाडौँ- नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि राति

सरकारले बीमा बन्द हुन दिनु हुँदैन : प्रदीप पौडेल

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री एवं काठमाडौँ ५ का प्रतिनिधिसभा सदस्य

मालपोत प्रमुखलाई एक महिना कैद र पाँच हजार जरिवाना

काठमाडौं- उच्च अदालत जनकपुरले भूमि सुधार तथा मालपोत कार्यालय धनुषाका

परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवार जिताउनु गल्ती हुन सक्छ : रेखा थापा

काठमाडौं – अभिनेत्री रेखा थापाले परिवर्तनको नाममा ‘टुरिस्ट’ उम्मेदवारलाई जिताउनु