मंगलबार शेयर बजारमा सामान्य सुधार « Khabarhub

मंगलबार शेयर बजारमा सामान्य सुधार


७ जेष्ठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको तेस्रो दिन शेयर बजारमा केहि सुधार देखिएको छ । केही दिनदेखि लगातार आरालो लागिरहेको परिसूचक नेप्से मंगलबार ४.४२ अंकले सुधार आएको हो ।

बजारमा सुधार आएसगै नेप्से १ हजार ३ सय १२ बिन्दुमा पुगेको छ । त्यसैगरी सेन्सेटिभ परिसूचक पनि ०.११ अकंले बढेको छ । मंगलबार जम्मा १७३ कम्पनीको ३१ लाख २ हजार २ सय ८४ कित्ता शेयर ८१ करोड ४४ लाख ५२ हजार २ सय ६७ रुपैयामा कारोबार भएको छ ।

जम्मा १२ उपसमूहको कारोबार भएकोमा ३ उपसमूह घटेका छन् भने ९ उपसमूह बढेका छन् । उपसमूहको कारोबारमा उत्पादन ३३.३४, अन्य १.१६, माइक्रो फाइनान्स ३.०५ अंकले घटको छ भने बैंकिङ ०.०८, ब्यापार २.७, होटेल्स २.५८, बिकास बैंक २.४४, हाइड्रो पावर ६४.६, फाइनान्स १०.५१, निर्जिवन बीमा २८.०६, जीवन बीमा ४२, सामूहिक कोष ०.०५ अंकले बढेको छ ।

नेपाल बैंक लिमिटेडले मंगलबार सबै भन्दा बढी ८.६ करोडको करोबार गरेको छ । मल्टिपर्पोज फाईनान्स कम्पनी लिमिटेड, अपर तामाकोशी हाईड्रोपावर लिमिटेड, कोर्पोरेटिभ विकस बैंक, रिलाईन्स फाइनान्स, सर्पोटिभ माईक्रो फाईनान्सले अत्याधिक नाफा कमाएका छन् । त्यसैगरी बढी गुमाउनेमा समिट माईक्रो फाईनान्स, सिन्धु विकास बैंक, घलेम्दी हाईड्रो, हिमालय डिस्ट्रिलरी र मिथिला लघुवित्तका लगानीकर्ता रहेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७६, मंगलबार  ५ : ०२ बजे

तीन दिन पदयात्रा नगर्न अध्यागमनको आग्रह

काठमाडौं – मुलुकका उच्च पहाडी तथा हिमाली भूभागमा उत्पन्न हुन

सुकुमवासीलाई पुर्जा वितरणमा तीव्रता दिन जोड

भद्रपुर – झापामा भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी पुर्जा वितरण

कर्णालीले जनकपुरलाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा कर्णाली

एनपीएलमा कर्णालीको विजयी सुरुवात, जनकपुर १९ रनले पराजित

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

तस्बिर हेर्नुहोस् टियू मैदानको माहोल

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत जनकपुर बोल्ट्स