प्रधानमन्त्री महिला टी–२० क्रिकेट जेष्ठ अन्तिमबाट « Khabarhub

प्रधानमन्त्री महिला टी–२० क्रिकेट जेष्ठ अन्तिमबाट


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम सातादेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुने भएको छ ।

चौथो संस्करणको प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा जेष्ठ २८ गतेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा ७ प्रदेशका ६ वटै टोली र १ विभागीय टोलीको सहभागिता रहने जानकारी दिएको हो । विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने राखेप सदस्यसचिब केशबकुमार बिष्ट बताए ।

८८ लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा राखेपले ३५ लाख तथा व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले बाँकी रकम प्रायोजनमार्फत संकलन गर्नेछ ।  सोसाइटीका अध्यक्ष सुमन भट्टले कन्चनपुरले प्रतियोगिता आयोजनाको जिम्मा पाएकोमा स्थानीयमा खुसी रहेको बताएका छन् । केही दिनभित्रै टिमको जर्सी, खेल तालिका र ट्रफी सार्वजनिक गर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ५१ बजे

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका विषयमा

पोखरा खुला एथलेटिक्स तीन नयाँ कीर्तिमानसहित सम्पन्न

काठमाडौं– दोस्रो पोखरा खुला राष्ट्रिय एथलेटिक्स प्रतियोगिता–२०२६ तीन नयाँ कृतिमानसहित

बले चिप्लिँदा सुशीललाई चिठ्ठा

काठमाडौं – अमेरिकामा रहेकी एक युवतीले कलाकार सागर लम्साल ‘बले’लाई बलात्कारको

दुई संयुक्त समितिमा राष्ट्रियसभाका सदस्यको मनोनयन

काठमाडौं– सङ्घीय संसद् संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त,

अम्बे कोशी सहकारीका साना बचतकर्ताको रकम फिर्ता हुने

काठमाडौं– कोशी प्रदेशको इटहरीस्थित अम्बे कोशी बचत तथा ऋण सहकारी