प्रधानमन्त्री महिला टी–२० क्रिकेट जेष्ठ अन्तिमबाट « Khabarhub

प्रधानमन्त्री महिला टी–२० क्रिकेट जेष्ठ अन्तिमबाट


७ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री कप महिला ट्वान्टी–२० क्रिकेट प्रतियोगिता जेठ अन्तिम सातादेखि शुरु हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना र महाकाली स्पोर्टस सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुने भएको छ ।

चौथो संस्करणको प्रतियोगिता कन्चनपुरको महेन्द्रनगरमा जेष्ठ २८ गतेदेखि शुरु हुने आयोजकले जानकारी दिएको छ । मंगलबार पत्रकार सम्मेलन गरी आयोजकले प्रतियोगितामा ७ प्रदेशका ६ वटै टोली र १ विभागीय टोलीको सहभागिता रहने जानकारी दिएको हो । विजेताले ५ लाख र उपविजेताले ३ लाख पुरस्कार पाउने राखेप सदस्यसचिब केशबकुमार बिष्ट बताए ।

८८ लाख खर्च हुने अनुमान गरिएको यस प्रतियोगितामा राखेपले ३५ लाख तथा व्यवस्थापनको जिम्मा पाएको महाकाली स्पोर्टस सोसाइटीले बाँकी रकम प्रायोजनमार्फत संकलन गर्नेछ ।  सोसाइटीका अध्यक्ष सुमन भट्टले कन्चनपुरले प्रतियोगिता आयोजनाको जिम्मा पाएकोमा स्थानीयमा खुसी रहेको बताएका छन् । केही दिनभित्रै टिमको जर्सी, खेल तालिका र ट्रफी सार्वजनिक गर्ने बताएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७६, मंगलबार  ५ : ५१ बजे

बर्दियामा यसरी भइरहेको छ बाघ गणना

बर्दिया- प्रत्येक चार/चार वर्षमा हुने बाघ गणना यति वेला बर्दिया

खुम्बु ल्होसार कप फुटबल माघ अन्तिम साता

काठमाडौं – महेन्द्र ज्योति पूर्वविद्यार्थी मञ्च, फराकको आयोजनामा १५औँ खुम्बु

राति देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपात-वर्षाको सम्भावना

काठमाडौँ । आज राति देशका विभिन्न स्थानमा हिमपात तथा वर्षा

विदेश पठाउने भन्दै २८ लाख ठगी गर्ने तीनजना पक्राउ

काठमाडौँ – वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश

करिब १७ लाख रुपैयाँबराबरको चाँदीसहित एक जना पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले नागढुङ्गाबाट चाँदीसहित एकजनालाई पक्राउ गरेको छ। प्रहरी