यौन सम्पर्कले पुरुषलाई पोस्टेट क्यान्सरको जोखिमबाट बचाउँछ « Khabarhub

यौन सम्पर्कले पुरुषलाई पोस्टेट क्यान्सरको जोखिमबाट बचाउँछ


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पुरुषहरुमा पोस्टेट ग्रन्थीको समस्या पढ्दै गएको छ । रोगको विषयमा चेतना नहुँदा र स्वास्थ्यप्रति समयमै सचेत नहुँदा पोस्टेटका बिरामीहरु बढ्दै गएका छन् । प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य  नियमित उत्पादन भइरहन्छ र खर्च पनि हुन्छ । जब वीर्य स्थिर रुपमा रहन्छ त्यसपछि पोस्टेटको समस्या देखिन थाल्छ ।

लक्षण

–पिसाब छिटोछिटो लाग्ने,

–पिसाब पोल्ने,

–पिसाब गर्दा धारा छुटने,

–मसिनो हुने धारा छुट्दा छरिएर जाने,

–अण्डकोष सुनिने, गनाउने,

–नाइटोमुनि दुख्ने,

–यौनशक्तिमा कमी आएको महसुस हुने,

–पिसाब गर्न बल गर्नुपर्ने,

–राति पिसाब गर्न पटक-पटक उठ्नुपर्ने,

–पिसाब लागेपछि रोक्न नसक्ने,

–वीर्य खस्दा पोल्ने समस्या हुन्छ ।

यदी यस्तो समस्या छ भने पुरुषमा पोस्टेट ग्रन्थीमा संक्रमण भएको हुनसक्छ ।

यस्तो समस्या देखिएमा समयमै उपचार गरे यो रोग निको हुन्छ । तर उपचार गरिएन भने पोस्टेट क्यान्सर हुने खतरा रहन्छ । उमेर बढ्दै जाँदा देखिने पोस्टेकको समस्या पछिल्लो समय ३०,४० वर्षका युवामा समेत देखिन थालेको चिकित्स्कहरु बताउँछन् ।

कसरी बच्ने पोस्टेट ग्रन्थीको समस्याबाट

–हरेक दिन ५ लिटर पानी पिउने,

–महिना या वर्षौंसम्म यौन सम्पर्क नगरेको व्यक्तिमा पोस्टेट ग्रन्थीको समस्या देखिने भएकाले समय समयमा यौन सम्पर्क गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ ।

–काजु, पेस्ता, बदाम, ओखर खाने ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४५ बजे

आर्टुडियोद्वारा नयाँ पाटन विंग र ‘अनसिन’ प्रदर्शनी उद्घाटन  

पाटन – आर्टुडियोले नकबाहिल, पाटनमा आफ्नो नयाँ पाटन विंगको शुभारम्भ

कांग्रेसमा विशेष महाधिवेशन पक्षधरको अडान : हाम्रो हस्ताक्षरको अपमान स्वीकार्दैनौँ

काठमाडौं- नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षका नेताहरुले नयाँ नीति र

सार्वजनिक सेवाको प्रभावकारिता वृद्धि ३९ बुँदे कार्ययोजना

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सार्वजनिक सेवाको प्रभावकारिता अभिवृद्धि

कुलमान र खगेन्द्र एकैठाउँ, ‘बिजुलीको चिम’मा चुनाव लड्ने

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले खोलेको उज्यालो नेपाल पार्टी र खगेन्द्र

चितवनका दुवै ओपनर विराटनगरका मर्चेन्टको शिकार 

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबारको खेलमा विराटनगर