यौन सम्पर्कले पुरुषलाई पोस्टेट क्यान्सरको जोखिमबाट बचाउँछ « Khabarhub

यौन सम्पर्कले पुरुषलाई पोस्टेट क्यान्सरको जोखिमबाट बचाउँछ


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पुरुषहरुमा पोस्टेट ग्रन्थीको समस्या पढ्दै गएको छ । रोगको विषयमा चेतना नहुँदा र स्वास्थ्यप्रति समयमै सचेत नहुँदा पोस्टेटका बिरामीहरु बढ्दै गएका छन् । प्रोस्टेट ग्रन्थीको मुख्य काम वीर्य स्वस्थ राख्ने र त्यसलाई हुर्काउन मदत गर्ने हो । वीर्य  नियमित उत्पादन भइरहन्छ र खर्च पनि हुन्छ । जब वीर्य स्थिर रुपमा रहन्छ त्यसपछि पोस्टेटको समस्या देखिन थाल्छ ।

लक्षण

–पिसाब छिटोछिटो लाग्ने,

–पिसाब पोल्ने,

–पिसाब गर्दा धारा छुटने,

–मसिनो हुने धारा छुट्दा छरिएर जाने,

–अण्डकोष सुनिने, गनाउने,

–नाइटोमुनि दुख्ने,

–यौनशक्तिमा कमी आएको महसुस हुने,

–पिसाब गर्न बल गर्नुपर्ने,

–राति पिसाब गर्न पटक-पटक उठ्नुपर्ने,

–पिसाब लागेपछि रोक्न नसक्ने,

–वीर्य खस्दा पोल्ने समस्या हुन्छ ।

यदी यस्तो समस्या छ भने पुरुषमा पोस्टेट ग्रन्थीमा संक्रमण भएको हुनसक्छ ।

यस्तो समस्या देखिएमा समयमै उपचार गरे यो रोग निको हुन्छ । तर उपचार गरिएन भने पोस्टेट क्यान्सर हुने खतरा रहन्छ । उमेर बढ्दै जाँदा देखिने पोस्टेकको समस्या पछिल्लो समय ३०,४० वर्षका युवामा समेत देखिन थालेको चिकित्स्कहरु बताउँछन् ।

कसरी बच्ने पोस्टेट ग्रन्थीको समस्याबाट

–हरेक दिन ५ लिटर पानी पिउने,

–महिना या वर्षौंसम्म यौन सम्पर्क नगरेको व्यक्तिमा पोस्टेट ग्रन्थीको समस्या देखिने भएकाले समय समयमा यौन सम्पर्क गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ ।

–काजु, पेस्ता, बदाम, ओखर खाने ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४५ बजे

पदमार्ग र पूर्वाधारको विकाससँगै पर्यटकीय गन्तव्य बन्दै ऐतिहासिक कोटगढी

भोजपुर– भोजपुरको पौवादुङ गाउँपालिकामा रहेको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको

अर्थमन्त्री वाग्ले र एआईआईबी अध्यक्ष जियायीबीच दोहामा भेटवार्ता

काठमाडौँ– एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) को गभर्नर परिषद्को ११औँ

पहिरोबाट उद्धार गरिएका भन्छन्– ‘नयाँ जीवन पायौँ’

म्याग्दी– पहिरोमा फसिएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ गिवाङका ५७ वर्षीय प्रेमबहादुर

ललितपुरको धापाखेलमा साढे दुई तले घर ढल्यो, पूर्वसावधानीले मानवीय क्षति टर्यो

काठमाडाैँ – ललितपुर महानगरपालिका–२४ स्थित धापाखेलमा लगातारको अविरल वर्षाका कारण

मौसममा सुधार आएसँगै जनजीवन सामान्यतर्फ

बाजुरा– केही दिनदेखिको लगातार वर्षापछि मौसममा सुधार भएसँगै बाजुराको जनजीवन