आर्मीका दीपक गुरुङलाई विशेष सम्मान « Khabarhub

आर्मीका दीपक गुरुङलाई विशेष सम्मान


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा । त्रिभुवन आर्मी क्लबका डिफेन्डर दीपक गुरुङ सम्मानित भएका छन् । रुस्लान सिमरा गोल्ड कपमा आर्मीले विभागिय टोलीलाई ४–२ ले हराउँदा दीपकले पनि एक गोल गरेका थिए ।

आर्मीको जितमा टंक बस्नेतले २ तथा सुदिल राईले पनि १ गोल गरे । खेलमा दीपक म्यान अफ द म्याच घोषित भए । आर्मीका लागि एपीएफविरुद्ध खेलेसँगै दीपकले एउटा कीर्तिमान पनि बनाए । सिमरा गोल्ड कपको दशौं संस्करणसम्म आइपुग्दा सबै संस्करण खेल्ने उनी पहिलो खेलाडी पनि बने ।

सबै संस्करण खेल्ने एक्लो खेलाडी भन्दै सिमरा गोल्डकपको आयोजक नवजनजागृति क्लबले उनलाई आइतबार सम्मान गरेको हो । सम्मानसहित उनलाई क्लबले १० हजार रुपैयाँ प्रदान गर्यो । उनलाई क्लबका उपाध्यक्ष शंकर थापा सहितका पदाधिकारीले सम्मान गरेका थिए ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ४२ बजे

कोशी कटान नियन्त्रणमा पहल गर्ने ऊर्जामन्त्रीको प्रतिबद्धता

सुनसरी – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले सप्तकोशी नदीको

साङ्गीतिक भविष्य खोजिरहेका केशव भावुक

खोटाङ – खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका केशव भावुक

पोखराको धार्मिक पर्यटकीय क्षेत्र पुम्दीभुम्दीको प्रवर्द्धन गर्न ‘हाइकिङ’

कास्की – पोखरा महानगरपालिका–२२ मा अवस्थित विशाल महादेवको मूर्तिसहितका धार्मिक

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक भेटियो

गोरखा – गोरखाको एक जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे

नित्यनाथ मन्दिर पुनर्निर्माण सम्पन्न

काठमाडौं – काठमाडौं महानगरपालिका–८ जयवागेश्वरीस्थित नवालीटोलमा रहेको लिच्छविकालीन नित्यनाथ मन्दिर