प्रिमियर लिगमा सिटी र टोटनह्याम विजयी | Khabarhub Khabarhub

प्रिमियर लिगमा सिटी र टोटनह्याम विजयी


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार राति भएका खेलहरुमा म्यानचेस्टर सिटी र टोटनह्याम विजयी भएका छन्।

साविक विजेता म्यानचेस्टर सिटीले हडर्सफिल्ड टाउन विरुद्ध उसकै घरेलु मैदानमा ३–० को जित निकालेको हो। सिटीको जितमा ड्यानिलो, रहिम स्टर्लिङ र लिरोइ सानेले समान एक–एक गोल गरे।

यस्तै ह्यारी केन विनाको टोटनह्यामले फुलहाम विरुद्ध २–१ को जित निकालेको छ। केन घाइते भएका कारण उनी मार्च पहिलो हप्तादेखि मात्र मैदानमा देखिने क्लबले बताएको छ।

टोटनह्यामको जितमा डेली एली र ह्यारी विंक्सले गोल गरे। यस जितसँगै म्यानचेस्टर सिटी लिगमा ५६ अंक जोड्दै लिगको दोस्रो स्थानमै कायम रहेको छ। टोटनह्यामपनि ५१ अंक जोड्दै लिगको तेस्रो स्थानमै कायम रहेको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ४९ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’