गुठी विधेयकले विवादमा तानिएकी पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको पाण्डेयले लगाए आरोप « Khabarhub

गुठी विधेयकले विवादमा तानिएकी पद्मालाई चिट चोर्दा-चोर्दै रेस्टिकेट गरेको पाण्डेयले लगाए आरोप


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुठी विधेयकका कारण विवादमा तानिएकी भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालमाथि कलेज पढ्दा चिट चोरेर रेस्टिकेट भएको आरोप लागेको छ ।

लेखक र पत्रकार समेत रहेका मधुसुधन पाण्डेयले सामाजिक सञ्जाल फेसबुकमा लेखेको कमेन्टले उनी रेस्टिकेट भएको पुष्टि भएको हो । उनले यस्तो कमेन्ट लेखेका –

खबरहबसँग कुरा गर्दै लेखक पाण्डेले भने, ‘मैले कमेन्टमा लेखेकै हो । मैले उनलाई रेस्टिकेट पनि गरेकै हो । कुरा २०५१ सालको हो । म क्याम्पस प्रमुख थिएँ, केन्द्राध्यक्ष पाल्पाका दुर्गाप्रसाद पाण्डे हुनुहुन्थ्यो । परीक्षा दिइरहेका बेला पद्माले चिट चोरेको भेटेपछि उनलाई रेस्टिकेट गरिएको हो ।’

कलेजबाट रेस्टिकेट भएपछि पद्माले वालिङ क्याम्पसमा फारम समेत नभरेको उनले बताए । आफू २०५४ सालसम्म त्यहाँको क्याम्पस प्रमुख हुँदासम्म अर्याल उक्त क्याम्पसमा नआएको उनले जानकारी दिए ।  क्याम्पसबाट रेस्टिकेट भएपछि उनी सक्रिय रुपमा राजनीतिमा लागेको दाबी गरे ।

पद्मा २०४० सालमा अनेरास्ववियू पाँचौमार्फत राजनैतिक यात्रा सुरु गरेकी भएपनि २०५४ सालमा तत्कालीन नेकपा एमालेका तर्फबाट वडासदस्यका रुपमा विजयी भएकी थिइन् । उनी ०६९ सालदेखि नेकपा एमालेको केन्द्रिय बनिन् ।

०६४ मा समानुपातिक सभासद् बनेकी पद्मा २०७४ सालको चुनावमा तत्कालीन उपप्रधानमन्त्री तथा शिक्षामन्त्री रहेका कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई चुनावी मैदानमा हराउँदा अर्यालको चर्चा चुलिएको हो ।

लेखक पाण्डेले लेखको स्टाटसलाई लिएर विभिन्न कमेन्टहरु आएका छन् । स्टाटसलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । उनले लेखेको कमेन्टलाई लिएर पूर्व सचिव समेत भीम उपाध्यायले यसरी ट्वीट गरेका छन्–

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ५८ बजे

सरकार र लघुवित्त पीडितबीच सातबुँदे सहमति, काठमाडौं केन्द्रित आन्दोलन स्थगित

काठमाडौं– सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन

तथ्य र तर्कमा आधारित राजनीतिक धारणा बनाउन युवाहरूलाई आग्रह

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले तथ्य र तर्कमा आधारित राजनीतिक धारणा

अनलाइन जुवा, क्रिप्टो र अश्लिल सामग्रीका वेबसाइट र एप बन्द गर्न प्राधिकरणको निर्देशन

काठमाडौं- नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा कानूनले निषेध गरेका अनलाइन जुवा,

हमास प्रमुख इजिप्टमा कूटनीतिक भेटघाटमा व्यस्त

काएरो- प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलले अस्वीकार गरिसकेको अमेरिकाद्वारा प्रस्तावित

शंकर पोखरेलको निष्कर्ष : कम्युनिस्ट एकता होइन, जनतासँगको सम्बन्ध सुधार अहिलेको आवश्यकता

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले कम्युनिस्ट नेतृत्वकै समयमा