विश्वकप क्रिकेट : इङ्ग्ल्यान्ड र श्रीलंका भिड्दै « Khabarhub

विश्वकप क्रिकेट : इङ्ग्ल्यान्ड र श्रीलंका भिड्दै


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (शुक्रबार) इङ्ग्ल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ । इङ्ग्ल्यान्डको हेलिङ्ले लिड्स मैदानमा हुने खेलमा उपाधि दाबेदार इंग्ल्यान्ड र श्रीलंकाबीचको खेल नेपाली समय अनुसार सवा ३ बजे शुरु हुनेछ ।

तुलनात्मक रुपमा बलियो इंग्ल्याण्ड पाँचौ जितको खोजीमा हुनेछ । इंग्ल्याण्डले ५ खेलमा ४ जित र १ हार व्यहोर्दै ८ अंक जोडेको छ । तेस्रो स्थानमा रहेको इंग्ल्याण्ड श्रीलंकालाई पराजित गर्दै तालिकाको शीर्ष स्थानमा उक्लिने लक्ष्यमा छ ।

श्रीलंका भने इंग्ल्याण्डलाई पराजित गर्दै आफुलाई उपाधि दाबेदारको रुपमा उभ्याउन चाहन्छ । जसको लागि श्रीलंका बलियो इंग्ल्याण्डविरुद्ध चामत्कारिक प्रदर्शन गर्न चाहन्छ ।

श्रीलंकाले ५ खेलबाट ४ अंक जोडेको छ । श्रीलंकाले १ जित निकाल्दा २ हार र २ खेल बराबरी खेलेको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ४० बजे

परराष्ट्रमन्त्री खनालद्वारा समुद्री पहुँच र सम्बन्ध विस्तारमा जोड

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले ‘नवौँ हिन्द महासागर सम्मेलन’ले नेपाललाई

सभामुख अर्यालसँग यूएनडीपी प्रतिनिधिको भेट

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग संयुक्त राष्ट्रसङ्घीय  विकास कार्यक्रम (यूएनडीपी)

राजनीतिक उतारचढाव र संकटबीच स्वास्थ्य : कस्तो रह्यो एक वर्ष ?

काठमाडौं- आर्थिक वर्षको सुरुवातमै ’जेन-जी’ आन्दोलनको राप झेलेको स्वास्थ्य तथा

गृहमन्त्री र चिनियाँ राजदूत माओमिङबीच भेट, द्विपक्षीय सहकार्यको सहमति

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका