१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ « Khabarhub

१६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार, चार युवक पक्राउ


७ माघ २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

स्याङ्जा । एक १६ वर्षीया किशोरीमाथि सामूहिक बलात्कारको आरोपमा प्रहरीले स्याङ्जामा ४ जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार घटनामा संलग्न तनहुँको शुक्लागण्डकी नगरपालिका–४ का प्रशान्त थापा, सोही ठाउँका विजय श्रेष्ठ, अञ्जन श्रेष्ठ र सिन्धुली पिपलमाडी गाउँपालिका–३ घर भई सोही ठाउँ बस्ने विक्रमलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार घटनाका मुख्य अभियुक्त प्रशान्त थापा हुन्। उनकै योजनामा स्थानीय ती किशोरीलाई यही माघ १ गते राति तनहुँको सिमानामा पर्ने स्याङ्जाको विरुवा गाउँपालिका–५ स्थित छेउडाँडा भन्ने स्थानमा बोलाएर सामूहिक बलात्कार गरिएको हो।

अभियुक्त थापाले फोन सम्पर्क गरी विभिन्न प्रलोभन देखाएर ती किशोरीलाई उक्त स्थानमा बोलाएका थिए। त्यसपछि ती किशोरीलाई करकापमा पारेर एवं डरत्रास देखाएर थापासहित चार जनाले पालैपालो बलात्कार गरेको प्रहरीले जनाएको छ।

घटनापछि फरार उनीहरूलाई स्याङ्जाका विभिन्न स्थानबाट पक्राउ गरिएको स्याङ्जा जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। साथै उनीहरूले प्रयोग गरेको ग ४ प ४३९५ र ग ४ प ७९०७ नम्बरको मोटरसाइकलसमेत प्रहरीले बरामद गरेको छ।

प्रकाशित मिति : ७ माघ २०७५, सोमबार  २ : ५५ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलामा कतिले बढ्यो ?

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य हालसम्मकै उच्च कायम भएको छ ।

नेपालमा पनि फ्लप बन्यो ‘राजासाब’

काठमाडौं – दक्षिण भारतीय नायक प्रभाष स्टारर फिल्म ‘राजासाब’को व्यापार

प्रतिनिधिसभा समानुपातिकतर्फ करिब ९० लाख मतपत्र छपाई

काठमाडौं– आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको

गण्डकी प्रदेशका २६ सहकारीको दर्ता खारेजी

स्याङ्जा– सहकारी रजिष्ट्रार कार्यालय पोखराले निष्क्रिय रहेका २६ सहकारीको दर्ता

पर्सामा १६७ मतदानस्थल कायम

पर्सा– जिल्ला सुरक्षा समिति पर्साले आसन्न फागुन २१ गते हुने