सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी भन्छिन् – ‘सेतो धरती’ पढिरहेकी छु, मन छोएको छ « Khabarhub

सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी भन्छिन् – ‘सेतो धरती’ पढिरहेकी छु, मन छोएको छ


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेत्री केकी अधिकारी यतिबेला फिल्म ‘छ माया छपक्कै’ को छायांकनमा व्यस्त छिन् । यो फिल्ममा केकी अभिनेता दीपकराज गिरीको अपोजिटमा देखिँदै छिन् । सामाजिक सञ्जालमा पनि उनी उत्तिकै सक्रिय रहन्छिन् । अहिले शूटिङ सेटमा समय मिलिहाल्यो कि, उनी पुस्तक पढ्न थाल्छिन् । केकीले समाजमा के भइरहेको छ र के हुनुपर्ने हो भन्नेमा पनि उत्तिकै चासो राख्छिन् ।

सामाजिक ‘इस्यु’ मा चासो राख्ने केकी यतिबेला साहित्यकार अमर न्यौपानको चर्चित उपन्यास ‘सेतो धरती’ पढिरहेकी छिन् । खबरहबसँगको कुराकानीमा केकीले भनिन्, ‘म त्यस्तो धेरै पढ्ने पाठक त होइन तर समय मिलाएर पढिरहेकी हुन्छु, आजभोलि सेतो धरती पढिरहेकी छु, मन छोएको छ ।’

त्यसो त केकीसँग यतिबेला खासै पढ्ने फुर्सत पनि छैन । किनकि फिल्मको छायांकनले व्यस्त बनाएको छ उनलाई । ‘समय मिलाएर पढिरहेकी छु,’ उनले भनिन् ।

चलचित्र ‘वीर विक्रम २’ को पीजी समीक्षा गरेका कारण पक्राउ परेका प्रनेश गौतमको विषयमा पनि केकीले आफ्नो धारणा राखिन् । सामाजिक सञ्जालमा उनले महिला हिंसा र जीवन दर्शनका विषयलाई महत्त्वका साथ शेयर गरेकी हुन्छिन् ।

‘महिलाहरुमा आक्रमण धेरै अगाडिदेखि हुन थालेको हो, नेपालमा महिला मानसिक रुपमै दबिएका छन्, हुन त शिक्षा कम हुनेबित्तिकै नै समाजमा समस्या आउँछ,’ केकीले थपिन्, ‘महिलाहरु कसैको प्रेसरमा बस्नुपरेपछि मन नै अस्थिर बनिदिन्छ, सामाजिक रुपमा महिलामा नै धेरै आक्रमण किन हुन्छ भन्ने पनि बुझ्न जरुरी छ ।’

केकीले नेपालमा महिलाहरु अझै सुरक्षित बन्न नसकेको धारणा समेत राखिन् ।

पछिल्लो समय केकी फिल्मसँगै म्युजिक भिडियोमा पनि सक्रिय छिन् । अभिनयका कारण फ्यानको तारिफ पाउने केकीले ‘छ माया छपक्कै’ मा कस्तो माया देखाउने हुन्, त्यो भने हेर्न बाँकी छ । फिल्ममार्फत पनि महिला हिंसाको विषय उठाइनुपर्छ भन्नेमा केकीको जोड रहन्छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  ९ : ५७ बजे

बाढीमा हराएका आफन्त खोन्न भौतारिदै परिवार, डीएनए अन्तिम आशा

नारायणगढ– रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि सम्पर्कविहीन भएका आफ्ना

बाढीमा मृतक र बेपत्ता सशस्त्रका परिवारलाई भेटे महानिरीक्षक पौडेलले

काठमाडौं– सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले कर्तव्य निर्वाहको सिलसिलामा भोटेकोशी बाढीमा

भोटेकोशी बाढी : १२ सयको मृत्यु, चार हजार अझै

काठमाडौं– भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण १२सय बढीको मृत्यु

हिमालयन रिइन्स्योरेन्सका अध्यक्ष उदयकुमार निरौलाद्वारा राजीनामा स्वीकृत

काठमाडौं– हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संचालक समितिका अध्यक्ष उदयकुमार निरौलाले आफ्नो

एसिसी प्रिमियर कप : नेपालको लगातार दोस्रो जित, मलेसिया ६ विकेटले पराजित

काठमाडौँ – एसिसी प्रिमियर कप एकदिवसीय प्रतियोगितामा नेपालले लगातार दोस्रो