नदीमा बगिरहेको अवस्थामा फेला पर्‍यो नेकपा युवा नेताको शव « Khabarhub

नदीमा बगिरहेको अवस्थामा फेला पर्‍यो नेकपा युवा नेताको शव


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा संगठन ‘युवा संघ नेपाल)का डोटी जिल्ला नेता पुस्कर सिंहको २६ दिनपछि सेती नदीमा शव फेला परेको हो ।

डोटीको आदर्श गाउँपालिका–५ घर भएका सिंह आफ्ना गाउँलेको मलामी गएको बेला सेती नदीमा नुहाउने क्रममा बेपत्ता भएका थिए ।

नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिंहको खोजीका लागि नेपाली सेना, प्रहरी र सशस्त्रको टोली परिचालन भए पनि उनी फेला पर्न सकेका थिएनन् ।

बेपत्ता भएको २६ दिन पछि शुक्रबार विहान शिखर नगरपालिका–१ अन्तर्गत पर्ने कालागाड नजिक नदीमा बगिरहेको अवस्थामा सिंहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : २७ बजे

हामी चुनाव गराउनै लागिरहेका छौँ : प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा शान्ति र स्थिरताका लागि प्रतिनिधिसभाको निर्वाचन

सरकारका १०० दिन : जगाउन सकेन आशा, चुनाव पनि अनिश्‍चित

काठमाडौं– जेन–जी पुस्ताका युवाहरूले भदौ २३ र २४ गते गरेको

तातोपानी गाउँपालिकाद्वारा आवश्यक नीतिगत व्यवस्थासहित पुँजीगत खर्चमा जोड

जुम्ला– तातोपानी गाउँपालिकामा हालसम्म सात  करोड २४ लाख ९० हजार

कानुनलाई सरल बनाउन अध्ययन सुरु छ : मन्त्री सिन्हा

काठमाडौं– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनीलकुमार सिन्हाले कानुन निर्माणको

चीन-नेपाल सम्बन्ध अद्वितीय छ : राजदूत छन सङ

काठमाडौं– नेपालका लागि चीनका राजदूत छन सङले चीन र नेपालबीचको