ट्रम्पको त्यो निर्देशन, जसले अमेरिका र इरानबीचको संभावित युद्ध रोकियो « Khabarhub

ट्रम्पको त्यो निर्देशन, जसले अमेरिका र इरानबीचको संभावित युद्ध रोकियो


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– इरानले अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा इरानमाथि सैनिक आक्रमण गर्नेगरी तय गरिएको कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक फिर्ता लिएको खुलासा भएको छ ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको समाचारअनुसार अमेरिकी सेना इरानको सैनिक निशाना तथा क्षेप्यास्त्र राखिएको स्थानमा सैनिक आक्रमणको तयारीमा रहेपनि अन्त्यमा अमेरिकी राष्ट्रपतिले त्यस किसिमको आक्रमण गर्ने कदमबाट फिर्ता भएका हुन् ।

यसका लागि अमेरिकी लडाकू विमान तथा नौसैनिक पानीजहाजले इरानमाथि आक्रमण गर्ने अन्तिम चरणमा थिए । आक्रमणको समय शुक्रबार सबेरैका लागि तोकिएको थियो । सैनिक तथा मानवीय क्षति कम गर्नका लागि शुक्रबार सबेरैका लागि तोकिएको आक्रमणको समयभन्दा केही समयअघिमात्र राष्ट्रपति ट्रम्पले त्यस किसिमको आक्रमण नगर्न निर्देशन दिएका थिए । सोही अनुसार कुनै पनि हतियार प्रहार हुनुअघि नै उक्त आक्रमणको निर्देशन फिर्ता लिइएको थियो ।

यद्यपि भविष्यमा त्यस्तो आक्रमण गरिने/नगरिनेबारे स्पष्ट भइसकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो सैनिक ड्रोन कुनै मूर्खले मात्र खसालेको हुनसक्ने टिप्पणी गरेका थिए । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग ह्वाइट हाउसमा भेटवार्ताका क्रममा उनले ड्रोनमा कोही पनि नरहेको र कुनै मानवीय क्षति नभएकाले त्यसले ‘ठूलो फरक पारेको’ टिप्पणी गरेका थिए ।

त्यसअघि ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘इरानले ठूलो गल्ती गरेको’ टिप्पणी गरेका थिए ।

बिहीबार इरानले अमेरिकी सैनिक ड्रोन खसालेपछि फरसको खाडीमा अमेरिका र इरानबीच तीब्र वाकयुद्ध छेडिएको छ । इरानले अमेरिकाले चाहेको खण्डमा आफ्ना सैनिक युद्धका लागि तयार रहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ४८ बजे

पुस्तान्तरणको प्रतीक्षामा पाल्पाको लाखे नाच

पाल्पा– दुईदशक अघिसम्म ‘लाखेजात्रा’ भन्नेबित्तिकै गाउँगाउँबाट मानिस तानसेन आउँथे ।

रसुवा बाढीपछि सरकारलाई सुझाव दिन संसदीय विशेष समिति बनाउन बसेको प्रमुख दलको बैठक निष्कर्षविहीन

काठमाडौं- रसुवा बाढीपछि सरकारलाई आवश्यक सुझाव दिन संसदीय विशेष समिति

दुवै पक्षको महाधिवेशनमा सहभागी नहुने अडानमा पूर्णबहादुर र शेखर

काठमाडौं- नेपाली कांग्रेसका शीर्ष नेता डाक्टर शेखर कोइराला र पूर्वकार्यवाहक

रास्वपा सांसद भन्छन्- विदेशीले पठाएको राहत सामग्री एयरपोर्टमै अलपत्र छ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि न्यौपानेले त्रिभुवन विमानस्थलको कार्गोमा

निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले नीति निर्माण, संरक्षण र नियमन गर्नुपर्छ : सभामुख अर्याल

काठमाडौं– प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले निजी क्षेत्रलाई प्रोत्साहन गर्न राज्यले