ट्रम्पको त्यो निर्देशन, जसले अमेरिका र इरानबीचको संभावित युद्ध रोकियो « Khabarhub

ट्रम्पको त्यो निर्देशन, जसले अमेरिका र इरानबीचको संभावित युद्ध रोकियो


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वाशिंटन डीसी– इरानले अमेरिकी सैनिक ड्रोन खसालेको बदलामा इरानमाथि सैनिक आक्रमण गर्नेगरी तय गरिएको कदम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकाएक फिर्ता लिएको खुलासा भएको छ ।

अमेरिकी अखबार न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको समाचारअनुसार अमेरिकी सेना इरानको सैनिक निशाना तथा क्षेप्यास्त्र राखिएको स्थानमा सैनिक आक्रमणको तयारीमा रहेपनि अन्त्यमा अमेरिकी राष्ट्रपतिले त्यस किसिमको आक्रमण गर्ने कदमबाट फिर्ता भएका हुन् ।

यसका लागि अमेरिकी लडाकू विमान तथा नौसैनिक पानीजहाजले इरानमाथि आक्रमण गर्ने अन्तिम चरणमा थिए । आक्रमणको समय शुक्रबार सबेरैका लागि तोकिएको थियो । सैनिक तथा मानवीय क्षति कम गर्नका लागि शुक्रबार सबेरैका लागि तोकिएको आक्रमणको समयभन्दा केही समयअघिमात्र राष्ट्रपति ट्रम्पले त्यस किसिमको आक्रमण नगर्न निर्देशन दिएका थिए । सोही अनुसार कुनै पनि हतियार प्रहार हुनुअघि नै उक्त आक्रमणको निर्देशन फिर्ता लिइएको थियो ।

यद्यपि भविष्यमा त्यस्तो आक्रमण गरिने/नगरिनेबारे स्पष्ट भइसकेको छैन ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले भने आफ्नो सैनिक ड्रोन कुनै मूर्खले मात्र खसालेको हुनसक्ने टिप्पणी गरेका थिए । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोसँग ह्वाइट हाउसमा भेटवार्ताका क्रममा उनले ड्रोनमा कोही पनि नरहेको र कुनै मानवीय क्षति नभएकाले त्यसले ‘ठूलो फरक पारेको’ टिप्पणी गरेका थिए ।

त्यसअघि ट्विट गर्दै राष्ट्रपति ट्रम्पले ‘इरानले ठूलो गल्ती गरेको’ टिप्पणी गरेका थिए ।

बिहीबार इरानले अमेरिकी सैनिक ड्रोन खसालेपछि फरसको खाडीमा अमेरिका र इरानबीच तीब्र वाकयुद्ध छेडिएको छ । इरानले अमेरिकाले चाहेको खण्डमा आफ्ना सैनिक युद्धका लागि तयार रहेको चेतावनी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  १ : ४८ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते