अब जहाँ पायो त्यहाँ ट्याक्सी पार्किङ गर्न नपाइने, बन्दै छ यस्तो नियम « Khabarhub

अब जहाँ पायो त्यहाँ ट्याक्सी पार्किङ गर्न नपाइने, बन्दै छ यस्तो नियम


६ असार २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिकाले ट्याक्सीका लागि पार्किङ क्षेत्र तोक्ने भएको छ ।

विभिन्न क्षेत्रमा पार्किङको समस्या देखिएकाले महानगरले पार्किङका लागि विशेष क्षेत्र तोक्न लागेको हो ।

जथाभावी रुपमा ट्याक्सी पार्किङ हुँदा सडकको सौन्दर्यता नै हराएको र जाम बढ्दै गएकाले निश्चित स्थानमा पार्किङ को व्यवस्था गर्न लागेको महानगरपालिकाले जनाएको छ ।

ट्याक्सी पार्किङ क्षेत्र अन्तर्गत पहिलो चरणमा पुरानो बसपार्क र नयाँ बसपार्क क्षेत्रमा पार्किङ क्षेत्र निर्धारण गरिने महानगरपालिकाका प्रवक्ता इश्वरमान डंगोलले जानकारी दिए ।

‘आपत्तकालिन अवस्थामा ट्याक्सी खोज्दै हिँड्नुपर्ने अवस्थाको अन्त्य हुन्छ’ उनले भने ‘फोनबाटै ट्याक्सी चालकलाइ बोलाउन सकिन्छ’ । साथै सुविधाका लागि ट्याक्सीलाई टोल फ्रि नम्बर उपलब्ध गराइने समेत उनले बताए ।

काठमाडौंका विभिन्न स्थानमा ट्याक्सी क्षेत्र निर्धारण नगर्दा यात्रुले सास्ती खेप्नुपरेको छ । सडकमा गुडीरहेको ट्याक्सीलाइ हात हल्लाउँदै बोलाउनुपर्ने यात्रुको बाध्यता छ । त्यसैकारण महानगरपालिकाले ट्याक्सी पार्किङ क्षेत्र निर्धारण गर्न लागेको हो ।

प्रकाशित मिति : ६ असार २०७६, शुक्रबार  २ : ३४ बजे

गगनले धक्का खाँदा जुर्मुराउँदै शेरबहादुर पक्ष

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनको एजेन्डलाई तत्कालीन सभापति शेरबहादुर देउवाले

यी हुन् रास्वपाबाट निर्वाचित ५७ समानुपातिक सांसद

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टीले बुझाएका समानुपातिकतर्फका ५७ जना

सुपरकम्प्युटर र राष्ट्रिय अनुसन्धान नेटवर्क विस्तार गर्दै रुस

मस्को- रुस सरकारले उच्च क्षमता कम्प्युटिङ र सुपरकम्प्युटर पूर्वाधार विकासको

उपत्यकामा हावाहुरीसँगै वर्षा (तस्बिरहरू)

काठमाडौं– काठमाडौं उपत्यकामा सोमबार हावाहुरीसहित वर्षा भएको छ । अचानक